Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलका पहिरो प्रभावित क्षेत्रलाई दीर्घकालिन समाधानको पहल गर्छौं : नरिश्वर पौडेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलका पहिरो प्रभावित क्षेत्रलाई दीर्घकालिन समाधानको पहल गर्छौं : नरिश्वर पौडेल

संसारपोस्ट संवाददाता · २० बैशाख २०७९ · 0
बुटवलका पहिरो प्रभावित क्षेत्रलाई दीर्घकालिन समाधानको पहल गर्छौं : नरिश्वर पौडेल
110
SHARES
ShareTweet

बुटवल, २० बैशाख । बुटवल उपमहानगरपालिका वडा नं ४ मा वडा अध्यक्ष पदका उम्मेदवार नरिश्वर शर्माले आफुले जितेमा वडामा पार्किङ सहित बजारलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार पौडेलले चुनावी घरदैलोमा मतदातासंग वडालाई व्यवस्थित र सुविधायुक्त बनाउनको लागि आफू सहित आफ्नो टिमका उम्मेदवारलाई मतदान गरी विजयी वनाउन आग्रह गर्नुभएको हो ।
सत्ता गठबन्धनको तर्फबाट वडा अध्यक्षमा शर्मा सहित महिला सदस्य पदमा पुनम थापा, दलित महिला सदस्यमा गोमा नेपाली तथा खुल्ला सदस्य पदमा अरुणकुमार श्रेष्ठ र गफुर मिया अली उम्मेदवार हुनुहुन्छ ।
उक्त टिमले लक्ष्मी माबिमा आवश्यकता अनुसार दरवन्दी मिलान गरी विद्यालयमा सीपयुक्त शिक्षा उपलब्ध गराउने गरी स्तरबृद्धि गर्ने, कान्ति माविलाई स्नाकोत्तरसम्मको शिक्षा प्रदान गर्नेगरी क्याम्पस बनाउने र निजी बिद्यालयहरुलाई पनि सेवामुलक शिक्षण संस्थाको रुपमा बिकसित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै बुटवल बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल गरिने छ ।
त्यस्तैगरी वडा नं ४ मा रहेको सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी चिकित्सक सहितको सेवा प्रदान गर्ने र जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रतिवद्धता सो टिमको छ ।
वडाका हरेक टोलमा थ्रि फेजको विद्युत लाइन विस्तार गर्ने, बजार क्षेत्रमा विद्युत, टेलिकम, ईन्टरनेटका तारलाई दीर्घकालिन व्यवस्थापन गर्ने, शुद्ध र सफा खानेपानीको व्यवस्थापन गर्ने, ठेकेदारी प्रथाबाट चर्को शुल्कमा हुँदै आएको फोहोर उठाउने पद्धतीलाई व्यवस्थित गरी न्यूनतम शुल्कमा घरभित्र तथा सडकका फोहोर व्यवस्थापन गर्ने र वडालाई पूर्ण सरसफाईयुक्त वडा बनाउने प्रतिवद्धता गरिएको छ ।
सवारी पार्किङलाई व्यवस्थित गर्ने, आदर्शनगर लक्ष्मीनगर क्षेत्रमा नगरबस सञ्चालन गर्ने, सडक पिच नभएका क्षेत्रमा तत्काल कालोपत्रे गर्ने, आदर्शनगर, प्रगतिनगर, लक्ष्मीनगर हुँदै वडा नं ३ जोड्ने रिङरोडको लागि आवश्यक वजेट व्यवस्थापन गर्न पहल गर्ने वडा अध्यक्षका उम्मेदवार शर्माले प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
त्यस्तैगरी लक्ष्मीनगर क्षेत्रमा पहिरो प्रभावितलाई अल्पकालिन रोकथाम गरी दीर्घकालिन समाधानको लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसंग पहल गर्ने, सुखौरा खोलालाई तटबन्धन गरी बस्तीलाई सुरक्षित बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

≪ Previous Post

अघिल्लो चुनाबमा एमालेले बुटवलमा गरेका वाचा अधुरै, बुटवलका जनता आक्रोशित

Next Post ≫

प्रदेश राजधानी सारेको एमालेको बुटवललाई आर्थिक राजधानी बनाउने अर्को फण्डा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क