भैरहवा, १९ बैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी कार्यालयले ४४ लाख बढिको अबैध सामान वरामद गरेका छन् ।
जिल्ला तथा मातहत प्रहरी कार्यालयहरुले बिभिन्न मिति, समय र स्थानबाट रु.४४ लाख ७ हजार ५ सय बराबरको अबैध सामान लगाएतका प्रतिबन्धित सामानहरु बरामद गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा न.३ खजहनामा लु ६प ९३५९ न.को मोटरसाइकलमा भारत बाट अवैध रुपमा ल्याउदै गरेको अं.मु.रु.४७ हजार पांच सय (मेटरसाईकल सहित) बराबरको ५० किलो बोईलर कुखुराको काटेको मासु फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय बेलहिया रुपन्देही पठाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका ४ बसन्तपुरहुँदै भुमहि नवलपरासीतर्फ जाँदै गरेको युपी ५३ एफ टी ९४८९ भारतिय नम्वर प्लेटको बसमा संका लागि खानतलासी गर्दा बसको पछाडीपट्टी रहेको डिक्कीको भित्रि भागमा लुकाई छिपाई राखिएको बोराभित्र आयातमा प्रतिवन्ध लगाइएको रु. ४३ लाख ५० हजार मूल्य बरावरको अफजल अथेन्टिक फ्लेवर मोलेसस ८ कार्टुन फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाएको छ ।
यसैगरी प्रहरी चौकी शिवपुर गोनाहाबाट खटिएको प्रहरी टोलीले मायादेवि गाउँपालिका वडान.५ शिबपुर गोनाहमा भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको रु. १० हजार बराबरको चिनि ५० के.जि., दाल १५के.जि. खाने तेल १२ लिटर, नरिवल १५ के.जि., पोलिथिन प्लाष्टिक २ बण्डल फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि बेलहियाभन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।