Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एमालेले ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमालेले ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्ने

संसारपोस्ट संवाददाता · २० बैशाख २०७९ · 0
एमालेले ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्ने
80
SHARES
ShareTweet

तिलोत्तमा, वैशाख २० । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नंं ११ को सुखौरा खोला उकास क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अघि सारेको छ । एमालेले स्थानीय तह निर्वाचनको सन्दर्भमा जारी गरेको प्रतिबद्धता पत्रमा ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्न पहल गरिने उल्लेख छ ।
तिलोत्तमा नगरपालिकाले ढाक्रेबासलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न छलफल चलाउँदै आएकोमा एमालेले यो विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा समेत उल्लेख गरेको हो । ढाँक्रेबासमा पर्याप्त जमिन, नजिकैं सुखौरा खोला र वन रहेकोले यो क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सकिने आधारहरु छन् । यो क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न सक्दा स्थानीय समुदायको जीवनस्तरमा पनि परिवर्तन आउने अपेक्षा एमालेको छ । एमालेले आफ्नो घोषणा पत्रमा शंकरनगर, करहिया, बाउन्नकोटी, मधुवन, सुखौरा हरियाली, मिलन, कालिका लगायत नगरमा रहेका सामुदायिक वनहरुमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा भैरहेका कामलाई अझ प्रभावकारी बनाउने उल्लेख छ ।
शंकरनगर वनवाटिकामा रहेको सानो चिडियाघरलाई प्रादेशिक स्तरको चिडियाखाना बनाउन संघ र प्रदेश सरकारसँग साझेदारी गरिने, वनवाटिका, बाउन्नकोटी, तिलोत्तमा पार्क, कुञ्ज पार्क लगायतका पार्कहरूमा थप पूर्वाधार निर्माण गर्दै कुञ्ज पार्कलाई रात्रिकालीन पार्कको रूपमा विकास गरिने एमालेको घोषणापत्रमा उल्लेख छ । संघीय सरकारबाट निर्माणाधीन रोहिणी जलाशययुक्त बहुउद्देश्यीय परियोजनालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गरिने, विभिन्न भाषाभाषी तथा संस्कृति, साहित्य, कला र संगीतको उपयुक्त सम्वर्धन र विकासका लागि छुट्टै सांस्कृतिक प्रतिष्ठान स्थापना गर्न पहल गरिने पनि एमालेको योजना छ ।

≪ Previous Post

रुपन्देहीमा ४४ लाख बढिको अवैध सामान बरामद

Next Post ≫

अघिल्लो चुनाबमा एमालेले बुटवलमा गरेका वाचा अधुरै, बुटवलका जनता आक्रोशित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क