Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा भित्री सडकको बेहाल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा भित्री सडकको बेहाल

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0
तिलोत्तमामा भित्री सडकको बेहाल
40
SHARES
ShareTweet

एमालेकै उम्मेदवार भन्छन्–गाउँ जाँदा धुलोले घाँटी बस्यो
बुटवल, १९ बैशाख । तिलोत्तमा नगरमा एमालेबाट उम्मेदवारी दिएका प्रमुखका उम्मेदवार मोहन चापागाईँले भन्नुभयो –‘ग्रामीण क्षेत्रमा जाँदा बिग्रेको बाटोले बोल्न नहुने गरी घाँटी बसेको छ । उपप्रमुखकी उम्मेदवारले जागेश्वर देवी चौधरीले पनि यसै भन्नुभयो ।
एमाले तिलोत्तमा नगरको आयोजनामा आइतबार भएको निर्वाचन प्रचारप्रसार समितिको पत्रकार सम्मेलनमा एमाले उम्मेदवारहरुले यसो भनिरहँदा वहालवाला प्रमुख वासुदेव घिमिरे मञ्चमा कालो मुख लगाएर बसिरहनुभएको थियो ।
उपप्रमुखकी उम्मेदवार जागेश्वरीदेवी चौधरीले चुनाबी प्रतिबद्धता जनाउने क्रममा भन्नुभयो –‘टोलटोलका सडक बिग्रिएका छन्, कालोपत्रे गर्न बाँकी छ, नाली बनाउन बाँकी छ ।’
एमालेका यी दुई उम्मेदवारका भनाईले पुष्टि हुन्छ, तिलोत्तमा नगरपालिकाको उत्कृष्टता वास्तविक हो या फण्डा । तिलोत्तमामा विकास भयो, नमूना भयो भनेर दम्भ बोकेको एमालेका लागि उनीहरुकै उम्मेदवारको भनाईले त्यसको खण्डन गरेको छ ।
एमालेका उम्मेदवारहरु नै यसरी चुनाबी अभियानमा हिडिरहँदा बिरामी हुने अवस्था छ भन्ने कुरा एमालेकै नेताहरु स्वीकार गर्छन् ।
एमालेले यसरी आलोचना नगर्न उर्दी जारी गरेकाले तिलोत्तमाबासी एमालेहरु असन्तुष्ट भएपनि खुलेर बोल्न चाहन्नन् । मणिग्राम ४ नम्बरका एमालेका एक नेता भन्छन्–चुनाबको बेलामा समस्या भयो भनेर नबोल्नु भन्ने आदेश छ, तर यहाँ बाहिरको बाटोमा बत्ती बाल्ने बाहेक कुनै पनि काम भएको छैन ।’
उनी भित्री सडकहरुको अवस्था बेहाल भएको बताउँछन् । खानेपानी, स्वास्थ्य उपचार, शिक्षा, नाली व्यवस्थापनका काममा पनि कुनै चासो नदेखाएको उनको गुनासो छ ।
तिलोत्तमाका जानकीनगरका जयराम भण्डारीका अनुसार तिलोत्तमाले प्रशासनिक सुधारमा केही प्रगति गरेपनि स्थानीयको चाहनाअनुसार कुनै काम गरेको छैन ।
उनी भन्छन्–‘एकदुइटा प्रचारमुखी काम भएका रहेछन्, तर वस्तीमा कुनै परिवर्तन भएको छैन, मिडियाबाजी गरेर मात्रै भएन, गाउँका जनताका लागि विकास हुनुप¥यो ।’
गणेशनगरबासी शंकर कुँवरका अनुसार तिलोत्तमाका सबैजसो भित्री सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छन् ।
‘धेरै सडक अलपत्र अवस्थामा छन्, मेयरले काम गरेको छु भनेर घुर्की लगाउँछन्, तिलोत्तमा देशभरकै उत्कृष्ट कसरी भयो, म त अचम्म परेको छु, उहां भन्नुहुन्छ –‘नगरपालिकाको भवन हेरेर उत्कृष्ट हुने भए अर्कै कुरा, नगरबासीले विकासको अनुभूति नगरी कसरी उत्कृष्ट हुने रहेछ, हाँसो लाग्दो भयो ।’
नगरपालिकामा गुनासो लिएर स्थानीय नगरप्रमुख भेट्न जाँदा नगरप्रमुखले सडक डिभिजन कार्यालय जानुसु, मेरो काम हैन भनेर पठाइदिने गरेको स्थानीय भरत न्यौपाने बताउनुहुन्छ । ‘हामी समस्या लिएर नगरप्रमुख वासुदेव घिमिरे भेट्न गयौं, उनी भन्छन्–हाम्रो नगरप्रमुख हो भनेर भेट्न गएको त हपारेर सडक डिभिजन जानुस् भनेर पठाए ।’ नगरपालिका जानेहरुलाई यसरी अपहेलित गर्दै पठाउने गरेको स्थानीयको गुनासो छ ।

तिलोत्तमाका प्रमुख वासु घिमिरेले नियमविपरीत लिए पौने ३ लाख

नगरप्रमुखमा निर्वाचित भएपछि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले २ लाख ८४ हजार रुपैयाँ लिएको खुलासा भएको छ । उहांले निर्वाचनका समयमै कुनैपनि सरकारी तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो ।
वैदेशिक भ्रमणका नाममा घिमिरेले चीन जाँदा २ लाख ८४ हजार ७ सय रुपैयाँ लिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । उपप्रमुख रहेकी जागेश्वरी देवी चौधरीले चीन जाँदा १ लाख ९ सय ७३ रुपैयाँ लिएको खुलेको छ । महालेखाले २०१९ अगस्त ३१ मा भएको भ्रमण भएपनि सो मितिमा चीन नगएको देखिएको जनाएको छ । यी दुई जनाले नेपाल सरकारबाट भ्रमणको स्वीकृति लिनुपर्ने भएपनि भ्रमण स्वीकृति र भ्रमण मिति फरक परेकाले नियमसंगत नभएको महालेखाको ठहर रहेको छ ।
महालेखाले ३ लाख ८५ हजार ६ सय ७३ रुपैयाँ खर्च भएपनि विधिसम्मत नभएको जनाएको हो ।

≪ Previous Post

तिलोत्तमाका मेयर घिमिरेविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

Next Post ≫

तिलोत्तमाको १,१०,११ र १२ मा गठबन्धनको घरदैलो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क