Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका मेयर घिमिरेविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाका मेयर घिमिरेविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0
तिलोत्तमाका मेयर घिमिरेविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी
60
SHARES
ShareTweet

तिलोत्तमा, १९ बैशाख । रुपन्देहीको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
एमाले तिलोत्तमा नगरको निर्वाचन परिचालन कमिटिको संयोजक रहेका घिमिरेले आइतबार उम्मेदवारसहितको पत्रकार सम्मेलनमा निर्वाचन आयोगलाई कारबाही गर्न चुनौती दिनुभएको थियो ।
उहांले आफुलाई जस्तासुकै निर्णय गर्न कसैले रोक्न नसक्ने भन्दै त्यसको विरुद्धमा समाचार नलेख्न र आफ्ना पक्षमा समाचार लेख्न पत्रकारलाई धम्कीपूर्ण आग्रह गर्नुभएको थियो । स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक रहेको र आयोगलाई नै धम्कीपूर्ण भाषामा चेतावनी दिएको भन्दै उहांविरुद्ध उजुरी परेको हो ।
उहांविरुद्ध तिलोत्तमा ११ निवासी प्रदीप थापाले घिमिरेलाई कारबाही गर्न माग गर्दै तत्काल पदबाट राजीनामा दिन माग गरेर रुपन्देहीको तिलोत्तमास्थित निर्वाचन कार्यालयमा उजुरी दिनुभएको हो ।
थापाले उजुरीमा स्थानीय तहको निर्वाचनमा कुनै पनि सार्वजनिक पद, ओहदामा बसेको व्यक्ति या कर्मचारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाईने भन्ने कुरा निर्वाचन ऐन तथा निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ३को दफा ६ (ञ) विपरित चुनाबी प्रचारमा हिडेकाले कारबाहीका लागि माग गर्नुभएको छ ।
नगर प्रमुख घिमिरे जनताको काम छाडेर पदबाट राजीनामा नदिई एमालेका उम्मेदवारको चुनाबमा खटिनुभएको छ ।

शान्ति समाजको ध्यानाकर्षण
वहालवाला नगरप्रमुख पार्टीको चुनाब प्रचारमा हिडेको भन्दै मानव अधिकार तथा शान्ति समाजले ध्यानाकर्षण भएको जनाएको छ ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले बहालवाला मेयरले आचार संहिता उल्लंघन गर्दै आयोगलाइ खुला चुनौती दिदा समेत आयोगले कारबाही गर्न नसक्नु खेदपुर्ण रहेको बताउनुभयो । उहांले भन्नुभयो –यसरी राज्यसत्ताको दुरुपयोग गर्दै आचारसंहिता लत्याउदै कुनै पार्टीको पक्षपोषण हुन्छ भने त्यो लोकतन्त्रको उपहास हो, त्यस्ता राजनीतिक बिचार भएका ब्यक्ति तथा दलहरुलाइ सबैले तिरस्कार गर्नुपर्छ ।’
पार्टीको चुनाबमा खटिने भए नगरप्रमुखबाट राजीनामा दिनुपर्ने या नगरप्रमुखको हैसियतमा रहने भए निर्वाचन परिचालन कमिटिबाट राजीनामा दिनुपर्ने बताउनुभयो ।

≪ Previous Post

ग्रीन र क्लिन सिद्धार्थनगर बनाउछुु : खान

Next Post ≫

तिलोत्तमामा भित्री सडकको बेहाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क