Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ देवदह एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदह एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0
देवदह एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी
70
SHARES
ShareTweet

बुटवल, १९ बैशाख । नेकपा एमाले देवदह नगर कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । अहिले प्रतिबद्धता जनाइएका कार्यक्रमहरु कार्यान्वयनका लागि एमालेका उम्मेदवारहरुलाई मत दिन भन्दै एमाले उम्मेदवारहरु मतादताको घर दैलोमा पुगेका छन् । प्रतिबद्धता पत्रमा एक विद्यालय एक स्वास्थ्यकर्मी देखि करको दर घटाईने सम्मका योजना छन् ।
देवदहमा एमालेबाट नगरप्रमुख पदमा धुब्र खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ उम्मेदवार छन् । १४ पृष्ठ लामो प्रतिबद्धता पत्रमा कृषि, रोजगारी, पर्यटन, शिक्षा, सडक पुर्वधार, सिचाई, स्वास्थ्य, भाषा साहित्य, बन तथा बातावरण, न्याय समान्त, खेलकुद, खानेपानी, ढल निकास, बैकल्पिक उर्जा, भूमि, शान्ति सुरक्षा, सञ्चार, विपत्त व्यवस्थापन, फोहोरमैला, राजश्व कर व्यवस्था, शुसासन लगाएतका विषयहरु समाबेश छन् ।
एक विद्यालयमा एक स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन संघ प्रदेश सरकार संग समन्वय गरी विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था मिलाउने नयाँ योजना अघि सारिएको नगरप्रमुखका उम्मेदवार धुब्र खरेलले बताउनु भयो ।
उहांले एक शिक्षक एक ल्यापटप, विपन्न विद्यार्थीलाई शिक्षाका लागि साईकल कार्यक्रम लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षाको गुणस्तर बृद्धि, दरबन्दी मिलान, भौतिक पुर्वधारको विकास र कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यसैगरी प्रतिबद्धता पत्रमा ५ बर्ष भित्र कुपोषण रहित नगरपालिका बनाउने उल्लेख छ । आयुर्वेदिक औषधालय स्थापना, एकिकृत कृषि बजार केन्द्रको स्थापना, खण्डीकरण भएका कृषि योग्य जमिनलाई सहकार्यका आधारमा चक्लाबन्दी गरी उत्पादनमा जोडिन प्रोत्साहन गर्ने कार्यक्रम पनि एमालेले प्रतिबद्धता पत्रमा जनाएको छ ।
उपप्रमुखकी उम्मेदवार विद्यालक्ष्मी गुरुङले ५ बर्षमा सिकेको अनुभवलाई दिगो बनाउने र थप विकासका आयोजनाहरु अघि बढाउन उम्मेदवारी दिएको भन्दै शुसासन र समृद्धिको आधार तय गर्न आफुहरु निर्वाचनमा लागेको बताउनुभयो । उहांले गोवरग्यास प्रबद्र्धन कार्यक्रम, पुस्तकालय निर्माण, देवदह प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालयमा स्तोन्नती गर्न संघ सरकार संग समन्वय गर्ने गरी आफुहरुले प्रतिबद्धता जनाएको बताउनुभयो ।
भुमिहिन सुकुमबासी र अव्यवस्थितहरुको लागत संकलन भई नापी प्रक्रियामा रहेकाहरुलाई संघ सरकारको समन्वयनमा पुर्जा वितरण गर्ने, सर्वाजनिक जग्गा संरक्षण, करको दायर बढाउदै दर घटाउने योजना प्रतिबद्धता पत्रमा उल्लेख छ ।

 

≪ Previous Post

स्थानीय चुनाव एमालेका लागि महाभारत : भुसाल

Next Post ≫

भैरहवामा एकिकृत समाजवादीको प्रचार प्रसार जारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क