Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ देवदहका मतदाता भन्छन् : देवदहको विकासका लागि गठबन्धनको जित आवश्यक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदहका मतदाता भन्छन् : देवदहको विकासका लागि गठबन्धनको जित आवश्यक

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0
देवदहका मतदाता भन्छन् : देवदहको विकासका लागि गठबन्धनको जित आवश्यक
100
SHARES
ShareTweet

देवदह, १९ बैशाख । देवदह नगरको समग्र विकासका लागि पुनः मेयरमा हिराबहादुर खत्रीको जितको आवश्यकता रहेको स्थानीयले बताएका छन् । देवदहको समुन्नत विकासका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको जितको आवश्यक रहेको देवदह वडा नं १,२ का स्थानीयले बताएका छन् ।
नगर प्रमुख खत्रीले अघि सारेका केही कामहरु अझै बांकी रहेकाले त्यसलाई पूर्णता दिन गठबन्धनका उम्मेदवारको जित हुनुपर्ने स्थानीयले बताएका छन् । गठबन्धको संयुक्त घरदैलोमा स्थानीयले वडाबाट सजिलै हुनुपर्ने काममा पनि पहिलेका केही जनप्रतिनिधिले दुःख दिने गरेको दुखेसो गरेका थिए । वडाबाट हुने विकास निर्माणका काममा समेत एमालेबाट निर्वाचित वडाका जनप्रतिनिधिले विभेद गर्ने गरेको आरोप लगाउदै उनीहरुले वार्डको समग्र विकासका लागि कांग्रेसलाई जिताउने प्रतिवद्धता जाहेर गरेका छन् । शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानीको समुचित विकास र ब्यवस्थापनका लागि गठबन्धको जित आवश्यक भएको स्थानीले बताएका छन् ।
घरदैलो कार्यक्रममा स्थानीयलाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार हिराबहादुर खत्रीले देवदहलाई कृषि पकेट क्षेत्रको रुपमा अगाडी बढाउंदै लगेको बताउनुभयो । स्थानीयको ईच्छा, चाहना र आवश्यकता अनुसार नगरले भ्याएसम्मको काम आपूm मेयर रहदा पनि गरेको र अब पनि वांकी रहेका काम गर्ने उल्लेख गर्नुभयो । देवदहलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नका लागि विभिन्न योजनाहरु अगाडी सारिएको र केही कामहरु पूरा पनि भैसकेको बताउनु भयो । नगरको आफ्नै स्रोत साधन तथा प्रदेश र केन्द्रबाट बजेटको सिमा भित्र रहेर नगरमा विकास निर्माणका काम भएको उहांले बताउनु भयो ।

≪ Previous Post

गठबन्धनमा देखिएको जनलहरले मतदातामा थपियो उत्साह

Next Post ≫

स्थानीय चुनाव एमालेका लागि महाभारत : भुसाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क