देवदह, १९ बैशाख । देवदह नगरको समग्र विकासका लागि पुनः मेयरमा हिराबहादुर खत्रीको जितको आवश्यकता रहेको स्थानीयले बताएका छन् । देवदहको समुन्नत विकासका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको जितको आवश्यक रहेको देवदह वडा नं १,२ का स्थानीयले बताएका छन् ।
नगर प्रमुख खत्रीले अघि सारेका केही कामहरु अझै बांकी रहेकाले त्यसलाई पूर्णता दिन गठबन्धनका उम्मेदवारको जित हुनुपर्ने स्थानीयले बताएका छन् । गठबन्धको संयुक्त घरदैलोमा स्थानीयले वडाबाट सजिलै हुनुपर्ने काममा पनि पहिलेका केही जनप्रतिनिधिले दुःख दिने गरेको दुखेसो गरेका थिए । वडाबाट हुने विकास निर्माणका काममा समेत एमालेबाट निर्वाचित वडाका जनप्रतिनिधिले विभेद गर्ने गरेको आरोप लगाउदै उनीहरुले वार्डको समग्र विकासका लागि कांग्रेसलाई जिताउने प्रतिवद्धता जाहेर गरेका छन् । शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानीको समुचित विकास र ब्यवस्थापनका लागि गठबन्धको जित आवश्यक भएको स्थानीले बताएका छन् ।
घरदैलो कार्यक्रममा स्थानीयलाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार हिराबहादुर खत्रीले देवदहलाई कृषि पकेट क्षेत्रको रुपमा अगाडी बढाउंदै लगेको बताउनुभयो । स्थानीयको ईच्छा, चाहना र आवश्यकता अनुसार नगरले भ्याएसम्मको काम आपूm मेयर रहदा पनि गरेको र अब पनि वांकी रहेका काम गर्ने उल्लेख गर्नुभयो । देवदहलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नका लागि विभिन्न योजनाहरु अगाडी सारिएको र केही कामहरु पूरा पनि भैसकेको बताउनु भयो । नगरको आफ्नै स्रोत साधन तथा प्रदेश र केन्द्रबाट बजेटको सिमा भित्र रहेर नगरमा विकास निर्माणका काम भएको उहांले बताउनु भयो ।
