Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका मेयरको चुनौति : ‘आचारसंहिता उल्लंघन गरिरहेको छु, कारबाही गर्नसके गरे हुन्छ’
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाका मेयरको चुनौति : ‘आचारसंहिता उल्लंघन गरिरहेको छु, कारबाही गर्नसके गरे हुन्छ’

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0
तिलोत्तमाका मेयरको चुनौति : ‘आचारसंहिता उल्लंघन गरिरहेको छु, कारबाही गर्नसके गरे हुन्छ’
120
SHARES
ShareTweet

बुटवल, १९ बैशाख । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आएका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निर्वाचन आयोगलाई कारवाही गरेर देखाउन चुनौती दिनुभएको छ ।
नेकपा एमालेबाट तिलोत्तमा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएका मोहन चापागाई र जागेश्वरी देवी चौधरीको प्रचारका लागि एमाले निर्वाचन प्रचारप्रसार कमिटिले आईतबार सांझ रुपन्देहीको ड्राइभरटोलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख घिमिरेले निर्वाचन आयोगलाई यस्तो चुनौती दिनुभएको हो ।
निर्वाचन आचारसंहिताविपरीत तिलोत्तमाको नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा नेकपा एमाले तिलोत्तमा नगर कमिटिको निर्वाचन परिचालन कमिटिको संयोजक बनेका प्रमुख घिमिरेले आयोगलाई चुनौती दिदै भन्नुभयो–‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटिको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ ।’
पत्रकार सम्मेलनको अध्यक्षता समेत गर्नुभएका प्रमुख घिमिरेले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको बताउदै आफु पार्टीको कार्यकर्ता र वहालवाला नगरप्रमुख पनि भएकाले पार्टीले दिएको जिम्मेवारी अनुसार निर्वाचन परिचालन कमिटिमा बसेको बताउनु भयो ।
अहिले पनि आफु नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन पनि सक्ने उहांले बताउनु भयो । ‘मैले अहिले बजेट खर्च हुने काम नगरौला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?’ उहांको भनाई थियो ।
प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिता विपरीत जिम्मेवारी लिनुभएको छ । नगरको जनप्रतिनिधितर्फको प्रवक्ता वहाल रहेकै अवस्थामा श्रीले एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिनुभएको छ ।

≪ Previous Post

भोटका लागि एमालेले सपनामात्रै बाँडेको भन्दै सय जनाले एमाले छाडे

Next Post ≫

गठबन्धनमा देखिएको जनलहरले मतदातामा थपियो उत्साह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क