Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भोटका लागि एमालेले सपनामात्रै बाँडेको भन्दै सय जनाले एमाले छाडे
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भोटका लागि एमालेले सपनामात्रै बाँडेको भन्दै सय जनाले एमाले छाडे

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0
भोटका लागि एमालेले सपनामात्रै बाँडेको भन्दै सय जनाले एमाले छाडे
100
SHARES
ShareTweet

बुटवल– बुटवलमा एमालेले भोटका लागि सपना मात्रै बाँडेको भन्दै बुटवल १५ उजेलापूरका बासिन्दाले एमाले परित्याग गरेका छन्।
बुटवलमा विकास गर्ने, लालपूर्जा दिलाउने र स्मार्ट सिटी बनाउने सपना देखाएपनि भ्रष्टाचारबाहेक अरु काममा ध्यान नदिएको भन्दै १०० जनाले एकसाथ एमाले परित्याग गरेका हुन्।
एमालेले नारामा मात्रै सपना देखाएपनि कांग्रेसले भने व्यवहारमै काम देखाएकाले आफुहरु नेपाली कांग्रेस प्रवेश गरेको महेन्द्र चौधरीले बताउनुभयो । उहांले एमालेका नेताहरु चुनाबका बेलामात्रै जनतामाझ आउने गरेको तर कांग्रेसका नेता खेलराज पाण्डे जनताका समस्या सुन्न र समाधान गर्न घरघर पुग्ने गरेकाले कांग्रेस प्रवेश गरेको बताउनु भयो ।
यस्तै जमुना चौधरीले महिलालाई हेपाहा व्यवहार गर्ने एमालेमा बस्न नसकेर कांग्रेसमा आएको बताउनु भयो । उहांले काठमाडौंको मेयरदेखि बुटवलका मेयरसम्मको व्यवहार महिलाविरोधी भएको बताउनु भयो ।
महेन्द्र र जमुना संगै १ सय जनालाई कांग्रेस बुटवल उपमहानगरपालिकाका उमेदवार खेलराज पाण्डेलगायतले कांग्रेस प्रवेश गराउनु भएको थियो ।
पार्टी प्रवेश गराउँदै पाण्डेले उजेलापुरमा शुद्ध खानेपानी र शौचालय बनाउनका लागि पदबहाली गरेलगत्तै पूरा गर्ने बताउनु भयो । उहांले तिनाउ दानव करिडोरबाट विस्थापित हुने १५ सय घरधुरीलाई सुरक्षित स्थानमा जग्गाको व्यवस्था गर्ने समेत बताउनु भयो । ’करिडोर बनाउनुअघि नै सुरक्षित रुपमा बसोबास गर्ने नयाँ सिटी बनाइनेछ र त्यसपछि मात्रै करिडोरको काम अघि बढाइनेछ, उनले भने–अपाङ्गता भएकाहरुलाई ह्वील चेयर र परिचय पत्रको व्यवस्था गरिनेछ ।’
२१ हजार घरधुरी सुकुम्बासी समस्या समाधान गर्नका लागि पनि छिटै नै काम अघि बढाउने उहांले बताउनु भयो । लगत लिएर जग्गाको दर्ता गरिनेछ र आवश्यकता अनुसार काम अघि बढाइनेछ–उहांले भन्नुभयो – ‘अहिलेसम्म नगरपालिकाले जे कुरा भनिरहेको छ त्यसभन्दा बढी सुविधा हामीले दिएर जनतालाई अपनत्व महसुस हुने काम गर्नेछौं ।’

 

≪ Previous Post

बुटवलबाट राजधानी सार्ने को हुन ?

Next Post ≫

तिलोत्तमाका मेयरको चुनौति : ‘आचारसंहिता उल्लंघन गरिरहेको छु, कारबाही गर्नसके गरे हुन्छ’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क