देवदह, १८ बैशाख । शनिबार राती रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० चरंगेमा भएको घटना प्रति नेपाली काँग्रेस देवदहले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमालेको प्रचार प्रसारमा हिडेको गाडीमा टाँगिएको ब्यानर, पोस्टर र झण्डामा काँग्रेसका कार्यकर्ताले क्षति पुराएको भन्दै एमालेद्वारा गरिएको प्रचारबाजी भ्रामक र षडयन्त्रपुर्ण भएको भन्दै काँग्रेसले सो आरोपको खण्डन गरेको छ ।
नेपाली काँग्रेस स्वच्छ र मित्रवत प्रतिष्पर्धामा बिश्वास गर्ने र प्रतिष्पर्धी वा बिपक्षीलाई सम्मान गर्ने पार्टी भएको स्मरण गराउदै नेकपा एमालेले आफ्नो कमजोर उपस्थितिलाई ढाकछोप गर्न र निर्वाचनमा हारको मानसिकताबाट गुज्रेका कारण आफैले घटना घटाएर काँग्रेस माथी आरोप लगाएको भन्दै काँग्रेसले सो आरोपको खण्डन गरेको छ ।
अज्ञात समूहबाट भएको घटनाको स्वतन्त्ररुपले उचित छानविन नै नगरी नेपाली काँगे्रस माथी लगाइएको आरोप निराधार रहेको र यस्तो आरोप प्रति देवदह काँग्रेसले खेद प्रकट गर्दछ भन्नुभयो ।
नेपाली काँग्रेस देवदह १० का निवर्तमान वडाध्यक्ष तथा बर्तमान अध्यक्ष पदका उम्मेदवार एकबहादुर सुनारले कुनैपनि दलको प्रचार सामाग्रीमा क्षति पुराउने खालको घटना अराजनैतिक भएकाले घटना प्रति दु:ख ब्यक्त गर्नुभयो ।