Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्रमिकका समस्या समाधानका लागि कांग्रेस प्रतिबद्ध
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रमिकका समस्या समाधानका लागि कांग्रेस प्रतिबद्ध

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७९ · 0
श्रमिकका समस्या समाधानका लागि कांग्रेस प्रतिबद्ध
60
SHARES
ShareTweet

बुटवल, १८ बैशाख । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले श्रमिकहरुको समस्या सामाधान गर्न योजनाबद्ध तरिकाले जाने बताउनु भएको छ । सत्ता बाहिर हुँदा श्रमिकका पक्षमा बोल्ने नेताहरुले सत्तामा पुगेर श्रमिकको पक्षमा काम नगर्ने गरेको बताउँदै उहांले काँग्रेसले श्रमिकको हक हितको पक्षमा काम गर्ने बताउनु भयो ।
११३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले श्रमिकको पक्षमा नेपाली काँग्रेस रहेको बताउनु भयो । अबको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउँदै मजदुरको पक्षमा स्थानीय सरकारले काम गर्ने बताउनु भयो । स्थानीय तहमा काँग्रेस बिजयी भए सुकुम्बासी समस्याको सामाधान समेत गरिने बताउनु भयो ।
नेपाली काँग्रेस बुटवल नगर सभापति तथा मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले श्रमिकको पक्षमा नेपाली काँग्रेस रहेकाले श्रमिकका समस्याको योजनाबद्ध समाधन गर्ने बताउनु भएको छ । कांग्रेसले बोलेको काम गर्ने गरेको उहाले बताउँदै बुटवलमा अहिले देखिएका समस्या काँग्रेसले जिते पछि समाधान गरेर देखाउने प्रतिवद्धता जनाउनु भयो ।
यसैबीच नेपाली कांग्रेसका बुटवल उपमहानगरका प्रमुखका उम्मेदवार खेलराज पाण्डेले बुटवलका विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट गरी आफ्ना योजनाहरु सुनाउनुभएको छ ।
उहाँले मतदाताहरुलाई नेपाली कांग्रेसलाई स्थानीय चुनाबमा जिताउन आह्वान गर्दै रुख चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो । मतदाता भेटघाटका क्रममा बुटवलका विभिन्न ठाउँमा सयौं जना नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

≪ Previous Post

मंगलापुर–कान्छीबजार सडक स्तरोन्नती प्राथमिकतामा : खाँण

Next Post ≫

देबदहको चरंगेमा भएको घटना प्रति काँग्रेसको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क