संसार पोष्ट
काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा सोमबार प्रकाशन गर्ने भएको छ । बोर्डले साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
नतिजा प्रकाशनका लागि सोमबार बोर्ड बैठक बोलाइएको छ । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो । परीक्षणमा गल्ती नभेटिएकाले सोमबार नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।