Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज अन्तर्राष्ट्रिय बाघ दिवस
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज अन्तर्राष्ट्रिय बाघ दिवस

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0
आज अन्तर्राष्ट्रिय बाघ दिवस
40
SHARES
ShareTweet

‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदै


बुटवल, १३ साउन । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । नेपालमा पनि बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा ‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदैछ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । सो मञ्च विश्वको पहिलो बाघ सम्मेलन थियो । रुसका तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको हो । त्यस यतादेखि हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
कुनै समय जताततै पाइने बाघलाई अहिले लोपोन्मुख प्राणीको सूचिमा राख्ने गरिएको हामी सबैलाई थाहै होला । २० औँ शताब्दीको पूर्वाद्र्धमा बाघको जनसंख्या १,००,००० रहेकोमा यो संख्यामा ९०५ प्रतिशत ह्रास आई अहिले ३,२०० मा झरेको तथ्यांकले देखाउँछ । यिनीहरुको संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फँडानीले गर्दा बासस्थलको कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो ।
यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरु मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरुको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठौँ वर्ष बित्दैछ ।
बाघको महत्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रुपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रुपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य श्रृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारणले शाकाहारी जनावरलाई नियन्त्रणमा राखी वातावरण संतुलनमा यसको उल्लेखनीय योगदान हुन्छ । वातावरणीय सन्तुलन जंगली जनावरको लागि मात्र नभएर स्थानीय देखि विश्वभरका मानिसहरुका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ ।
बाघलाई वातावरणीय सन्तुलनलाई कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरुलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रुपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरु चिन्दछन् । यसलाई अंग्रेजीमा “अम्ब्रेला स्पेसिज” भनेर पनि भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठूलै जंगल संरक्षित गरिनपर्छ । यसरी जंगलको संरक्षण गर्दा अन्य पशुपन्छीहरुले पनि बासस्थान पाउने भएकाले बाघलाई महत्वपूर्ण प्रजातिको रुपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वनजंगलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।
बाघ संरक्षणका प्रयास यसअघि नभएका पनि होइनन् । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरु गरिएका भएपनि बाघको संख्या दिनहुँ दिन कम हुँदै गइरहेको थियो । बाघ पाइने मुलुकहरु एकै ठाउँमा भेला भइ संयुक्त प्रयास गर्दा महत्वकाँक्षी लक्ष्य पनि पूरा गर्न सकिने हुँदा यी १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ । सबै मुलुकले चाहँदा यो असम्भव पनि त भएन नि ।
सन् २०२२ सम्ममा यी १३ मुलुकले बाघको संख्या दोब्बर बनाउन सकेमा विश्वको लागि यो अनुकरणीय उदाहरण हुन जान्छ । ग्लोबल वार्मिङको चपेटामा परिरहेको विश्वलाई यसको सफलताले राहत प्रदान गर्नेछ । केही सफलताको बाटो पछ्याउन सुरु गरिसकेकाले पनि हाम्रो भविष्य उज्जवल छ भने आशावादी हुने ठाउँहरु प्रशस्तै छन् ।
नेपालले प्रतिवद्धता अनुसार बाघको संख्या सन २०२२ सम्ममा २ सय ५० पुर्यानुपर्नेछ । जुन संख्यामा पुग्न अब १५ वटा बढाउनेपुर्ने चुनौती छ । पछिल्लो आँकडाअनुसार नेपालमा बाघको संख्या २३५ वटा छन् । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन्। एसियाका १३ देशमा पाइने पाटेबाघ बिरालो प्रजातिको सबैभन्दा ठूलो वन्यजन्तु हो ।

≪ Previous Post

कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने

Next Post ≫

नियमविपरीत चलेका नौ हजार ४४५ सवारीसाधन कारवाहीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क