Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय जनमोर्चाको घोषणा पत्र सार्वजनिक : संघीयता खारेजी मुल मुद्दा
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

राष्ट्रिय जनमोर्चाको घोषणा पत्र सार्वजनिक : संघीयता खारेजी मुल मुद्दा

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७८ · 0
राष्ट्रिय जनमोर्चाको घोषणा पत्र सार्वजनिक : संघीयता खारेजी मुल मुद्दा
100
SHARES
ShareTweet

बुटवल, ३० चैत्र । राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनका लागि संघीयता खारेजीलाई मुल मुद्दा बनाएको छ ।
जनमोर्चाले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको पार्टीको घोषणा पत्रमा संघीयता खारेजीलाई मुल मुद्दा वनाईएको छ । पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको स्थानीय तह निर्वाचनका तयार पारिएको पार्टीको चुनावी घोषणा पत्रमा ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने नारा समेटिएको छ । ‘२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनले संविधानको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो तर आसन्न स्थानीय निर्वाचन विषम राजनीतिक परिस्थितिमा हुन गइरहेको छ । २०६२÷०६३ सालको जनआन्दोलनका उपलब्धि तथा संविधान खतरामा परेको छ ।’ घोषणा पत्रमा उल्लेख छ ।
निर्वाचनको माध्यमबाट बहुमत ल्याएर देशमा प्रतिगमन वा अधिनायकवाद लाद्न खोज्ने धारको गतिविधि तथा भूमिकाले पनि गणतन्त्रमाथि झनै खतरा पैदा गराएको घोषणा पत्रमा उल्लेख छ ।
‘प्रतिगमन वा अधिनायकवादका पक्षधर हरुलाई तलैदेखि परास्त गरेर नै जनताको स्थानीय स्वशासनको अधिकारको रक्षा गर्नुपर्ने आवश्यकता छ । देशको राष्ट्रियतामाथि पनि गम्भीर खतरा उत्पन्न भएको छ । मुलुकको उपर्युक्त परिस्थितिमाथि ध्यान दिएर नै राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’ भन्ने मूल नारासहित चुनावमा भाग लिने निर्णय गरेको छ’ घोषणापत्रमा भनिएको छ ।
घोषणापत्रमा भनिएको छ, ‘ओलीले लादेको प्रतिगमनका विरुद्ध पाँच दलीय गठबन्धनले महत्वपूर्ण भूमिका खेलेको थियो । देशमा प्रतिगमन र अधिनायकवादको खतरा कायम रहेको अवस्थामा पाँच दलीय गठबन्धनको बीचको एकता र निरन्तरताको आवश्यकता थियो र छ ।’
पाँच दलीय गठबन्धनले गणतन्त्रका सवालमा सही नीति अपनाए पनि राष्ट्रघाती अमेरिकी सहयोग परियोजना एमसीसीको सवालमा सही नीति अपनाउन नसकेर राष्ट्रियताको बिषयलाई गौण बनाएको, उपेक्षा वा राष्ट्रघात गरेका कारण राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग हुनु परेको उल्लेख गरिएको छ ।
घोषणा पत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनका विरुद्ध स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनसँग तालमेल र सामन्जस्यता कायम गरेर जाने नीति अपनाएर नै गणतन्त्रको रक्षाका लागि भूमिका खेल्न सकिने बताउनु भयो ।

≪ Previous Post

कम्युनिष्टले देशको अर्थतन्त्र र कर्मचारी तन्त्र ध्वस्त पारे : सभापति पाण्डे

Next Post ≫

अमृताको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयले गरे प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क