Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कम्युनिष्टले देशको अर्थतन्त्र र कर्मचारी तन्त्र ध्वस्त पारे : सभापति पाण्डे
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कम्युनिष्टले देशको अर्थतन्त्र र कर्मचारी तन्त्र ध्वस्त पारे : सभापति पाण्डे

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७८ · 0
कम्युनिष्टले देशको अर्थतन्त्र र कर्मचारी तन्त्र ध्वस्त पारे : सभापति पाण्डे
110
SHARES
ShareTweet

बुटवल, ३० चैत्र । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ बर्ष २०७९ को सुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन गरेको छ । मंगलबार बुटवलमा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगरसभापति खेलराज पाण्डेले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले भताभुङ्ग पारेको देशलाइ नेपाली काँग्रेस नेतृत्वको सरकारले सम्हालेर सहि दिसा दिन सफल भएको बताउनुभयो । जनताले दुई तिहाई दिएर पठाउँदा समेत कम्युनिष्टहरुले देश चलाउन नसकेपछि नेपाली काँग्रेसले मुलुकलाइ सहि दिसा दिन गठबन्ध सरकार मार्फत अगाडी बढ्नु परेको उहांले बताउनु भयो ।
तीन बर्षमा कम्युनिष्टहरुले देशको अर्थतन्त्र मात्रै नभइ कर्मचारी तन्त्रपनि ध्वस्त बनाएको भन्दै पाण्डेले त्यसका बिरुद्ध अवको निर्वाचनमा नेपाली काँग्रेसलाइ मत दिएर देश र जनताको हितमा निर्णय लिन कर्मचारीहरुलाइ अग्रह गर्नुभयो । ‘कम्युनिष्ट सरकारका पालामा कर्मचारीहरुमाथि भएका ज्यादती तपाइहरुले सम्झिनु भयो भने मात्रै पनि काँग्रेसको जित सुनिश्चित छ’ काँग्रेस बुटवल नगरसभापति पाण्डेले भन्नुभयो ।’
कार्यक्रमा कर्मचारी युनियनका नेताहरुले कर्मचारी मैत्री संघीय निजामती कर्मचारी ऐन ल्याउन सरकारलाइ आग्रह गरे । दुई तिहाईको कम्युनिष्ट सरकारले साढे तीन बर्ष सरकारको नेतृत्व गर्दा पनि संघीय निजामती कर्मचारी ऐन नबनाएर कर्मचारी तन्त्रलाइ नै ध्वस्त बनाउन खोजेको भन्दै उनीहरुले बर्तमान सरकारले छिटो ऐन ल्याउने तयारीमा रहेको जानकारी आफुहरुले पाएको बताए ।
कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक मदन गौतमले ऐन कानुन बिनै कम्युनिष्ट सरकारले जबरजस्ती कर्मचारीहरुलाइ समायोजनमा धकेल्दा कर्मचारी तन्त्र र संघीयता कार्यान्वयनमै असर परेको बताउनुभयो । युनियनका रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा युनियनका केन्द्रिय उपमहासचिव इन्दु शर्मा, केन्द्रिय सचिव प्रकाश भट्टराइ, केन्द्रिय सदस्यहरु मनिस अधिकारी, नविन पन्थी, नवलपरासी अध्यक्ष सनत गिरी, आधिकारिक ट्रेड युयिनयन रुपन्देही उपाध्यक्ष टेकराज पन्थी, सहसचिव पदम आचार्य लगायतले बोल्दै संघीय निजामती कर्मचारी ऐन कार्मचारी मैत्री हुनु पर्ने र त्यसकालागि अवको निर्वाचनमा नेपाली काँग्रेसलाइ बहुमत दिएर राष्ट्रको नेतृत्व काँग्रेसले नै गर्ने अवसर दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नयाँ बर्ष २०७९ सालको क्लेण्डर बिमोचन गर्नुका साथै नयाँ बर्षको सुभकामना आदानप्रदान गरिएको थियो ।

≪ Previous Post

मिस्टर युनिभर्सका लागि सुरेश देवा भारतको पुने प्रस्थान

Next Post ≫

राष्ट्रिय जनमोर्चाको घोषणा पत्र सार्वजनिक : संघीयता खारेजी मुल मुद्दा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क