Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दीपमा शुभकामना तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दीपमा शुभकामना तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

संसारपोस्ट संवाददाता · २९ चैत्र २०७८ · 0
दीपमा शुभकामना तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न
60
SHARES
ShareTweet

चैत, २९ चैत्र । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा एसईई २०७८ मा सहभागी हुने विद्यार्थीहरूलाई शुभकामना तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूलाई विद्यालयले टीका र खादा लगाएर शुभकामना दिँदै उज्ज्वल भविष्य बनाउने मार्गचित्र कोर्न डायरी र कलम प्रदान गरेर साङ्केतिक उत्प्रेरणा प्रदान गरेको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र ढकालले विद्यार्थीहरूलाई चुनौतीको सामना गर्न र एसईई परीक्षालाई अन्य परीक्षा जस्तै लिई आशावादी भएर सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने सन्देशसहित उत्प्रेरणामूलक मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले मिहिनेत गरे अवश्य सफल भइने बताउँदै परीक्षा सफलताको लागि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीहरूलाई पूरा विश्वासका साथ परीक्षाको तयारीमा लाग्न र परीक्षाबाट हतोत्साही नहुन अनुरोध गर्नुभएको थियो भने विद्यालयको प्लस टु तर्फ व्यवस्थापन सङ्कायका संयोजक डी.बी. रायमाझीले लक्ष्य निर्धारण गरी पढ्न र एसर्ईई पछि अध्ययनका लागि विद्यालयको प्लस टु तर्फ व्यवस्थापन र विज्ञान सङ्कायमा स्वागत गर्न आफूहरू आतुर रहेको बताउनुभएको थियो ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख दिपेन्द्र ढकालको प्रमुख आतिथ्यता, नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्य द्वय कलाधर अर्याल तथा सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्तकुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठ, कक्षा ९ र १० का संयोजक के.बी. खाम्चा, कर्मचारी संयोजक सुरेन्द्र अधिकारी लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थी ओजस्वी शर्माले धन्यवाद मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

≪ Previous Post

आयातित वस्तुलाई कम गर्दै नेपालमा उत्पादित वस्तु तथा पिय पदार्थलाई ब्राण्डिङ् गर्नुपर्छ : डा. भण्डारी

Next Post ≫

सकारात्मक परिवर्तनका लागि शिक्षा : अष्ट्रिलियन राजदुत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क