Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सकारात्मक परिवर्तनका लागि शिक्षा : अष्ट्रिलियन राजदुत
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सकारात्मक परिवर्तनका लागि शिक्षा : अष्ट्रिलियन राजदुत

संसारपोस्ट संवाददाता · २९ चैत्र २०७८ · 0
सकारात्मक परिवर्तनका लागि शिक्षा : अष्ट्रिलियन राजदुत
70
SHARES
ShareTweet

तिलोत्तमा, २९ चैत्र । रुपन्देहीको तिलोत्तमा–५ मा रहेको शान्ति नमुमा माध्यमिक विद्यालयमा रिड नेपालद्वारा सञ्चालित शिक्षा परियोजनाको समीक्षा तथा सरोकारवाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपालका लागि अष्ट्रिलियन राजदुत फेलिसिटी भोल्कको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले शिक्षा परियोजनाले विद्यार्थीमा उल्लेखनीय रुपमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको, उनीहरुमा आत्मविश्वास र लगनशिलता बढाउनमा महत्वपूर्ण भूमिका खेलेको औल्याएका थिए ।
कार्यक्रममा बोल्दै राजदुत भोल्कले नेपाल र अष्ट्रियताबीचको सम्बन्धलाई अझ दीगो बनाउन र नेपालको शिक्षाको बृहतर विकासका लागि यस प्रकारका कार्यक्रम निकै फलदायी भएको बताउनुभयो । मानिसमा सकारात्मक परिवर्तनका लागि शिक्षा अनिवार्य सर्त रहेको भन्दै उहाँले नेपालको शिक्षा क्षेत्रमा देखिएको परिवर्तन प्रशंसा योग्य रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै रिड नेपालका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर बोगटीले शिक्षा परियोजनाले लैङ्गिक समानता कायम गर्दै विद्यार्थीहरुमा सक्षमता र शसक्तिकरण गर्न मद्धत पु¥याएको बताउनुभयो ।
विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले शान्तिलाई देशकै नमुना विद्यालय बनाउन सबै सरोकारवालाहरु लागि परेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ उच्च स्तरको सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।
विद्यालयका सह प्रधानाध्यापक किशोर कुमार खनालको सञ्चालनमा भएको कार्यक्रममा रिड नेपालका स्रोत शिक्षक रजनी के. सी.ले परियोजना मार्फत विद्यालयमा सञ्चालित गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न विषयमा प्रस्तुतीकरण राखेका थिए भने सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए ।
अष्ट्रिलयन एडको सहयोगमा सञ्चालित परियोजना मार्फत बाल अधिकार, लैङ्गिक समानता, सवलीकरण लगायतका विषयमा कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।

≪ Previous Post

दीपमा शुभकामना तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

Next Post ≫

काँग्रेसमा टिकटको राजनीति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क