Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सबैको सहकारी संस्थाको एकिकरण दिवसमा रक्तदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सबैको सहकारी संस्थाको एकिकरण दिवसमा रक्तदान

संसारपोस्ट संवाददाता · २९ चैत्र २०७८ · 0
सबैको सहकारी संस्थाको एकिकरण दिवसमा रक्तदान
60
SHARES
ShareTweet

मणिग्राम, २९ चैत्र । रुपन्देहीका ११ वटा सहकारी संस्था एकीकरण भइ सञ्चालनमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा ५, मणिग्राम रुपन्देहीले मंगलबार रक्तदान कार्यक्रम आयोजना गरि एकिकरण दिवस मनाएको छ । मणिग्राममा आयोजित रक्तदान कार्यक्रममा ९६ पाउण्ड रगत संकलन भएको छ ।
संस्थाका सेयर सदस्य, सञ्चालक, सल्लाहकार, कर्मचारी एवं स्वरोजगार अटोरिक्सा सञ्चालकहरुले स्वेच्छिक रक्तदान गरे । संस्थाको पहिलो एकिकरण दिवस विभिन्न कार्यक्रम गरि मनाउने संस्थाको योजना अनुसार यस अगाडि विभिन्न स्थानमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन भएका थिए ।
रक्तदान कार्यक्रमको आरम्भ सत्रमा प्रमुख अतिथि स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको फाइदाका बारेमा जानकारी दिनु भएको थियो । रक्तदान गर्दा विभिन्न रोगहरुको निशुल्क परिक्षण हुने हुँदा आफैलाई कुनै रोग लागेको भए समयमै जानकारी पाइने र सरिरमा खेर जाने रगतले अर्को मानिसको जीवन बचाउने जस्तो पूण्यकार्य समेत हुने उहाँले जानकारी गराउनु भयो । चौहान क्षेत्रीले संस्थाका सल्लाहकार उद्योगी नेत्र पाठकलाई रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु भयो ।
रक्तदान कार्यक्रम उप समिति संयोजक एवं संस्थाका सञ्चालक चक्र पाठकको अध्यक्षतामा सञ्चालित कार्यक्रममा रक्तदान कार्यक्रम र संस्थाको एकिकरण दिवसका बारेमा सञ्चालक देवप्रसाद गुरुङले जानकारी गराउनु भएको थियो । सस्थाका सञ्चालक टिकाराम न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

≪ Previous Post

देशको अर्थतन्त्र धरासायी बन्दै गएकोमा उद्योगी ब्यवसायी चिन्तित

Next Post ≫

आयातित वस्तुलाई कम गर्दै नेपालमा उत्पादित वस्तु तथा पिय पदार्थलाई ब्राण्डिङ् गर्नुपर्छ : डा. भण्डारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क