Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुल्मेली सम्पर्क समाजद्वारा सराय नाच, वनभोज र क्यालेण्डर विमोचन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मेली सम्पर्क समाजद्वारा सराय नाच, वनभोज र क्यालेण्डर विमोचन

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७८ · 0
गुल्मेली सम्पर्क समाजद्वारा सराय नाच, वनभोज र क्यालेण्डर विमोचन
90
SHARES
ShareTweet

राज्यले नगरेको काम समाजले गरेका भन्दै प्रशंसा
चैत, २६ चैत्र । गुल्मेली सम्पर्क समाज रुपन्देहीले समाजको नियमित कार्यक्रम अन्तर्गत शनिबार गुल्मीको सांस्कृतिक पहिचान सराय नाच सहित तिलोत्तमा नगरपालिका अन्तर्गत शँकरनगर वनवाटिकामा वनभोज र विविध साँस्कृतिक कार्यक्रम गरेको छ । चैते दशैंको अवसरमा आयोजना गरिएको वनभोज कार्यक्रममा पञ्चेबाजा सहितको सराय नाच प्रदर्शन, २०७९ को क्यालेन्डर विमोचन र नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो ।
समाजका अध्यक्ष डा.नारायणप्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभासद लिला गिरीले बुझौँ हाम्रो रीति र थिति, जोगाआँै हाम्रो गौरवमय संस्कृतिको नारा लिएर स्थापना भएको गुल्मेली सम्पर्क समाजले स्थापनाको १७ औं वसन्त पार गर्दा निकै परिपक्व संस्थाका रूपमा स्थापित भएकोमा खुसी व्यक्त गर्नुभयो । उहांले आगामी दिनमा समाजले गर्ने कार्य सफल र उदाहरणीय बनून् भन्ने शुभकामना व्यक्त गर्दै समाजले आयोजना गरेको सराय नाचमा सहभागी भएर गुल्मेली सम्पर्क समाजले संस्कृतिको संरक्षणमा समेत उल्लेख्य कार्य गरेको प्रतिक्रिया दिनुभयो । उहांले राज्यले नगरेको काम समाजले गरेको भन्दै समाजको प्रशंसा गर्नुभयो ।
यस्तै तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले गुल्मेली सम्पर्क समाजको गुरुयोजना अनुसार निर्माण भएको तिलोत्तमा नगरको महत्वपूर्ण पर्यटकीय स्थान श्रृङ्गेश्वरधाम, उद्घाटनको तयारीमा रहेको ज्येष्ठ नागरिक मिलनकेन्द्र तथा गुल्मेली सम्पर्क समाजको अगुवाइमा स्थापना भएको रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा नगरपालिकाको गहना भएको बताउँदै समाजले सामाजिक तथा आर्थिक क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो ।
गुल्मीबाट रुपन्देहीमा आई स्थायी र अस्थायी रूपमा बसोबास गरिरहेका गुल्मेली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी सम्बन्ध प्रगाढ बनाउँदै एक अर्काबीच परिचय आदानप्रदान गर्ने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको समाजका प्रथम उपाध्यक्ष तथा वनभोज कार्यक्रम संंयोजक कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।
सो कार्यक्रममा समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले समाजको मुल मर्म र भावना अनुसार समाजले आफ्ना गतिविधिलाई अगाडी बढाएकाृ भन्दै कार्यक्रम सफल वनाउन सहयोग गर्ने सबै प्रति धन्यवाद सहित आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा समाजका संस्थापक अध्यक्ष तथा संरक्षक ई. हिराबहादुर भलामी, श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, सल्लाहकार टिकाराम घिमिरे, खिमानन्द भट्टराई, समाजको सिद्धार्थनगर शाखा भैरहवाका अध्यक्ष केशव ज्ञवालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सराय नाचको संयोजन समाजका संस्थापक सचिव एबं हालका सल्लाहकार यज्ञश्वर मरासिनी तथा समाजका सहकोषाध्यक्ष अर्जुन कुँवरले गर्नुभएको थियो । कार्यक्रममा होराइजन जी. बी. एस स्कुल तथा होराइजन कलेज ड्राइभरटोलका विद्यार्थीहरुले नृत्य तथा कवि सरु ज्ञवालीले समसामयिक विषयको कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव कृष्णप्रसाद पोखरेल तथा सहजिकरण सचिव पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

≪ Previous Post

मजदुर वर्गका समस्याप्रति राज्य बेखबर : मजदुर नेताहरु

Next Post ≫

देशको अर्थतन्त्र धरासायी बन्दै गएकोमा उद्योगी ब्यवसायी चिन्तित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क