Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मजदुर वर्गका समस्याप्रति राज्य बेखबर : मजदुर नेताहरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मजदुर वर्गका समस्याप्रति राज्य बेखबर : मजदुर नेताहरु

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७८ · 0
मजदुर वर्गका समस्याप्रति राज्य बेखबर : मजदुर नेताहरु
80
SHARES
ShareTweet

बुटवल, २५ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मजदुर क्षेत्रको प्रतिनिधित्व गराउन सरोकारवालाले राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । सधैभर भोट बैंकको रुपमा मजदुर वर्ग प्रयोग हुन नहुने र मत दिंदा विवेक पुराउनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।
सधैका र सबै निर्वाचनहरुमा राजनीतिक दलहरुलाई भोट दिएर जिताए पनि मजदुरहरुका समस्या अहिले पनि यथावत रहेकाले अब मजदुरहरुले मजदुर वर्गको प्रतिनिधि उठाउन दलहरुलाई खबरदारी गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ बुटवल नगरसमितिले शुक्रबार बुटवलमा आयोजना गरेको नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रममा बोल्ने मजदुर नेताहरुले अब आफ्नो अधिकार आफै सुनिश्चित गर्न स्थानीय सहित प्रदेश र संघीय निर्वाचनमा मजदुर वर्गको प्रतिनिधिनित्व आवश्यक रहेको बताए । उनीहरुले मजदुर वर्गका समस्याप्रति राज्य बेखवर बनेको गुनासो गरे ।
सोही कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघका केन्द्रिय अध्यक्ष जेबी गुरुङले मजदुर वर्गको समस्या समाधानका लागि स्थानीय तहमा मजदुर वर्गको जनप्रतिनिधिलाई निर्वाचित गराउनु पर्नेमा जोड दिनुभयो । सामाजिक सुरक्षा कोषबाट लक्षित वर्ग उपेक्षित भएको बताउंदै उहांले श्रम ऐन कार्यान्वयनमा ल्याउन सरकारसंग माग गर्नुभयो । अरुको काम गरेर पुस्तौ पुस्तादेखि जीविका चलाउंदै आएको मजदुर वर्गले अबको निर्वाचनमा विवेक पुराएर मत दिनुपर्नेमा उहांले जोड दिनुभयो ।
कार्यक्रममा काउनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरीले देशमा राजनीतिक परिवर्तन भएपनि मजदुहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नकसकेको बताउनु भयो ।
काउन रुपन्देही जिल्ला अध्यक्ष सूर्यदेव दासले अहिलेसम्म मजदुर वर्गले सम्मान र इज्जत पाउन नसकेको बताउंदै स्थानीय तहको निर्वाचनमा आफ्ना अधिकार सुनिश्चित गर्नेगरी आफ्ना प्रतिनिधि छनोट गरी मत दिनुपर्नेमा जोड दिनुभयो । काउन रुपन्देहीका सचिव सोमबहादुर थापाले राज्यले कामदार तथा मजदुरहरुलाई चिन्न नसकेको बताउनु भयो ।
कार्यक्रममा नेपाल टे«ड युनियन कांगे्रस लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्ण बेल्वासे, काउन रुपन्देही जिल्ला उपाध्यक्ष मोहनी चौधरी, बुटवल नगर समिति उपाध्यक्ष भागमनी चौधरी, मंगलापुर काउनका सचिव देवबहादुर थापा,पत्रकार खिमानन्द भट्टराई लगायतले बोल्दै मजदुरहरुको अधिकार सुनिश्चित गर्न नीति निर्माण तहमा मजदुर वर्गको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । काउन बुटवल नगर समितिका अध्यक्ष तिलबहादुर हिस्कीको अध्यक्षता र सचिव जयसिंह चौधरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी बढाउन आवश्यक : मन्त्री घर्ती

Next Post ≫

गुल्मेली सम्पर्क समाजद्वारा सराय नाच, वनभोज र क्यालेण्डर विमोचन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क