Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी बढाउन आवश्यक : मन्त्री घर्ती
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी बढाउन आवश्यक : मन्त्री घर्ती

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७८ · 0
आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी बढाउन आवश्यक : मन्त्री घर्ती
100
SHARES
ShareTweet

बुटवल, २५ चैत्र । लुम्बिनी प्रदेशकी कानुन, महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको बताउँदै खर्चमा मितव्ययी बन्न आग्रह गर्नुभएको छ ।
शुक्रबार बुटवल उद्योग वाणिज्य संघले प्रकाशन गरेको नयाँ वर्षको क्यालेण्डर विमोचन तथा महिला उद्यमी उत्प्रेरणा कार्यक्रममा बोल्दै मत्री घर्तीले निर्यातजन्य तथा आयात प्रतिस्थापन गर्ने उत्पादनमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
मुलुकको अर्थतन्त्रको मेरुदण्ड उद्योग प्रतिष्ठान भएको बताउँदै मुलुकको अर्थतन्त्र जोगाउनको लागि अहिले उद्योगी व्यवसायीको कांधमा ठूलो जिम्मेवारी रहेको पनि उहाँको भनाई छ ।
त्यस अवसरमा श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीकी उपसचिव तारा ज्ञवालीले उद्यमशिलता र श्रमको क्षेत्रलाई कसरी मजबुद बनाउन सकिन्छ सरकार र निजी क्षेत्रले गम्भिर भएर सोंच्नुपर्ने वेला आएको बताउनु भयो । उहाँले मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशका ४६ पालिकामा सिपमुलक तालिम कार्यक्रम सञ्चालन गरेको र आगामी आर्थिक वर्षमा सबै पालिकामा सिपमुलक तालिम कार्यक्रम सञ्चालनको तयारी गरेको जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले स्थापनाकालदेखि हालसम्म गरेका गतिबिधिको बारेमा जानकारी गराउंदै २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको बताउनु भयो । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा बोकेको निजी क्षेत्रको लागि सरकारले लगानीमैत्री वातावरण बनाईदिन उहांले आग्रह गर्नुभयो ।
कार्यक्रममा मिस नेपाल २०१९ की सेकेन्ड रनरअफ स्नेहलता राउत थापाले मोटिभेसनल स्पिच राख्नुभएको थियो । उहाँले मानिस सफल हुनको लागि सबैभन्दा पहिला आफैमा आत्मविश्वास अपरिहार्य रहेको बताउनु भयो । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवादमा भएको कार्यक्रम कार्यसमिति सदस्य जमुना पौडलको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

एफइसी सहकारीद्वारा गुल्मीमा अन्तरक्रिया

Next Post ≫

मजदुर वर्गका समस्याप्रति राज्य बेखबर : मजदुर नेताहरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क