Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एफइसी सहकारीद्वारा गुल्मीमा अन्तरक्रिया
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एफइसी सहकारीद्वारा गुल्मीमा अन्तरक्रिया

संसारपोस्ट संवाददाता · २४ चैत्र २०७८ · 0
एफइसी सहकारीद्वारा गुल्मीमा अन्तरक्रिया
40
SHARES
ShareTweet

तिलोत्तमा, २४ चैत्र । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था तिलोत्तमा मंगलापुरले गुल्मी क्षेत्रका आफ्ना सदस्यहरुसँग भेटघाट तथा छलफल अन्तरक्रिया गरेको छ ।
गुल्मीको बलेटक्सार पुगेको सहकारीको टोलीले आफ्ना गुल्मी क्षेत्रका सदस्यहरुसँग भेटघाट गरी सहकारीका योजना तथा कार्यक्रमबारे छलफल गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिनुभयो । त्यस अवसरमा सहकारीका नीति, सिद्धान्त, कार्यक्रम तथा योजनाका बारेमा जानकारी गराइएको थियो ।
त्यस अवसरमा सहयोगी बचत तथा क्रृण सहकारी संस्था र कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग छलफल गरी सहकारी एकीकरण सम्बन्धी प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको वरिष्ठ व्यवस्थापक ज्ञवालीले जानकारी दिनुभयो ।
तीनवटा सहकारी संस्थाका बीचमा एकीकरण गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको हो । छलफलका क्रममा एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष तारानाथ कंडेल, सचिव निरज कंडेल, सल्लाहकार बेदप्रसाद कंडेल लगायतले सहकारीका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवी पाण्डे र सहयोगी बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष यमबहादुर क्षेत्रीले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य गुल्मी क्षेत्रका सदस्य बाबुराम ज्ञवालीले गर्नुभएको थियो ।

 

≪ Previous Post

काँग्रेस लुम्विनी प्रदेशको मुख्य सचिवमा मोहन शर्मा नियुक्त

Next Post ≫

आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी बढाउन आवश्यक : मन्त्री घर्ती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क