भैरहवा, २२ चैत्र । रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सहमति गरेका सत्ता गठबन्धनमा रहेका पाँच दलले जिल्लाका १६ वटा पालिकामा पनि दलिय संयन्त्र निर्माण गरेर गठबन्धनलाई थप मजवुत वनाउने निर्णय गरेका छन् ।
सवै दलको सह अस्थित्व स्विकार गर्दै सम्मानजनक गठबन्धन गर्ने पाँच दलका नेताहरुले निर्णय गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्ता गठबन्धनका दलहरु कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा), नेकपा समाजबादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा समेत संयन्त्र निर्माण गरेर अगाडी बढ्ने निर्णय गरेका हुुन् ।
सबै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो । सयन्त्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको छ । गठबन्धनले बिस्तृत अध्ययन र अनुुसन्धान गरी पार्टीको यथार्थ मतको आधारमा सिट बांडफांड गर्ने जनाएको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापति खाँणका सभापतित्वमा बसेको बैठकमा काँग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, नेकपा समाजबादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, सोनिया यादव, जनता समाजबादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्ला अध्यक्ष रमाअवतार यादव, नेकपा माओबादीका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा समाजबादीका जिल्ला अध्यक्ष राजुु गरुङ्ग, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले लगायतको सहभागिता रहेको थियो ।