बुटवल, २० चैत्र । प्रगतिशिल पत्रकार संघ नेपाल रुपन्देहीको प्रथम सम्मेलन सम्पन्न भएको छ । आइतबार बुटवलमा भएको सम्मेलनबाट विरेन्द्र कुवंर अध्यक्ष रहेको १३ सदस्यीय नयां कार्यसमिति चयन गरिएको छ । पछि पदपूर्ति गर्ने गरी दुई स्थान रिक्त राखिएको संघले जनाएको छ । संघको उपाध्यक्ष सुरेन्द्र रेग्मी, सचिव टेकराज भुसाल, सहसचिव प्रकाश जिसी र कोषाध्यक्ष शारदा पाण्डे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दीपा बिक, शुरेस आचार्य, भानुभक्त शर्मा, राम खड्का, विमल खरेल र अनिल थापा रहनुभएको छ ।
सम्मेलनबाट सुमन अधिकारी, श्यामलाल पोखरेल र गंगालाल सापकोटालाई सल्लाहाकारमा चयन गरिएको छ ।
यस अघि भएको कार्यक्रममा बोल्दै प्रगतिशील पत्रकार संघका सल्लाहाकार सुमन अधिकारीले नेपाली पत्रकारिताको क्षेत्रमा बिचारको पनि पत्रकारिता हुने बताउनुभयो । पत्रकारितामा अनुशासन र सक्रियता आवश्यक पर्ने बताउनुभयो । कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य, ढुण्डीराज पौडेल,अखिल छैठौंका केन्द्रिय सचिव सरोजमान सिंह, पत्रकार टिकाराम घिमिरे लगायतले बोल्नुभएको थियो । संघका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र विरेन्द्र कुवंरको सञ्चालनमा कार्यक्रम भएको थियो ।
