Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रेडक्रस र रक्त सञ्चार केन्द्रले गरे १३८ सामाजिक संघसंस्थालाई सम्मान
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रेडक्रस र रक्त सञ्चार केन्द्रले गरे १३८ सामाजिक संघसंस्थालाई सम्मान

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0
रेडक्रस र रक्त सञ्चार केन्द्रले गरे १३८ सामाजिक संघसंस्थालाई सम्मान
100
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १२ साउन । नेपाल रेडक्रस सोसाईटी रुपन्देही र रक्त सञ्चार सेवाकेन्द्र बुटवलले नियमित रक्तदान गर्ने विभिन्न सामाजिक संघसंस्थालाई सम्मान गरेका छन्् । ५३ औं रक्त सञ्चार दिवसको अवसरमा दुई संस्थाले आईतबार बुटवलमा संयुक्त कार्यक्रमको आयोजना गरी नियमित रुपमा रक्तदान गर्दै आएका बिभिन्न १ सय ३८ वटा संघसस्थालाई सम्मान गरेका हुन्् ।
सम्मान कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश पाँचका सचिव केशव आचार्यले स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै रगतको अभाव हुन नदिने गरी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग पुराउने प्रतिवद्वता जनाउनु भयो । उहांले हरेक नागरिकको स्वास्थ्यमाथि ख्याल गर्दै सञ्चालनमा रहेका अस्पतालहरुको उचित व्यवस्थापन गरेर जनतालाई प्रकावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको वताउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य सुदर्शन नेपालले सेवामुखि रेडक्रसलाई सबैको पहुंचमा पुराएर अझै प्रभावकारी सेवा दिन आवश्यक रहेको बताउनु भयो । रेडक्रसलाई सरकार र सामाजिक संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै केन्द्रीय सदस्य नेपालले रेडक्रसमा राजनीति गर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी प्रदेश पाँचका महासचिव कृष्ण पंगेनी, नेपाल स्वंयसेवी रक्तादाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान, गौतमबुद्ध सामूदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, विमल बहादुर शाक्य, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीलगायतले बोल्दै रक्तसञ्चार सेवालाई सहज र प्रभावकारी बनाउन नेपाल रेडक्रस र रक्तसञ्चार सेवा केन्द्र बुटवललाई आग्रह गर्नुभयो । मानवीय सेवाका लागि रेडक्रसको पहुंचलाई आम सर्वसाधारण नागरिकसम्म पुराउनु पर्नेमा उहांहरुले जोड दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासको अध्यक्षता र आर महमद््को सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

चोरी भएका ६ मोसा सहित ७ जना चोर पक्राउ

Next Post ≫

जुभूङ्ग रुपन्देही सम्पर्क समाजमा नेतृत्व र व्यक्तित्व विकास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क