बुटवल १२ साउन
रुपन्देही जिल्लाका विभिन्न स्थानवाट मोटरसाकिल चोरी गर्ने गिराहलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार १६ गते सिद्धार्थनगरपालिका ५ नापी कार्यालयबाट लु.१९.प. ८१७० नंबरको होण्डा साईन मोटरसाईकल चोरी भए पछि जिल्ला प्रहरी कार्यालयमा दिईएको निबेदनका आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।
उक्त मोटरसाईकल चोरी गर्नेे. रुपन्देही जिल्ला.साँस्कृतिकनगरपालिका ११ बस्ने अब्दुल हमिद मुसलमान र शुद्धोदन गापा. ६ बस्ने कालु मल्लाहलाई पक्राउ प्रहरीले पक्राउ गरी उनिहरुको बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकामा जिल्ला रुपन्देही कंचन गा.पा. ५ बस्ने गगन गुरुङ ,बर्ष ३३ को सम्मर बहादुर थापा, बर्ष ३० को मान बहादुर भण्डारी,
सोही गापा ४ बस्ने बर्ष ३५ को ओम प्रकाश रौतार र जिल्ला कपिलबस्तु बाणगंगा न.पा. १० बस्ने बर्ष ३३ को दिपक चौधरी रहेका छन ।
प्रहरीले चोरी गर्ने र विक्री गर्ने काममा संग्लन सहित लु१५प २१७१ को होण्डा साईन, लु१९प ८१७० को होण्डा साईन, लु२१प ६४३४ सुपर स्पलेण्डर, लु३५प २१५५ सुपर स्पलेण्डर , लु२२प ६९४८ सुपर स्पलेण्डर र लु२२प ४३५५ स्पलेण्डरमोटरसाईकिल पनि बरामद गरेको प्रहरी प्रवक्ता धर्मराज भण्डारीले बताउनु भयो ।
निजहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा बिभिन्न मोटरसाईकल चोरी गरी बेचबिखन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । बरामद मोटरसाईकल सहित पक्राउ परेकालाई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।