Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पत्रकारहरुलाई सहजरुपमा उपचारको ब्यवस्था मिलाउने गरी पत्रकार महासंघ र अस्पताल विच सम्झौता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकारहरुलाई सहजरुपमा उपचारको ब्यवस्था मिलाउने गरी पत्रकार महासंघ र अस्पताल विच सम्झौता

संसारपोस्ट संवाददाता · ९ माघ २०७८ · 0
पत्रकारहरुलाई सहजरुपमा उपचारको ब्यवस्था मिलाउने गरी पत्रकार महासंघ र अस्पताल विच सम्झौता
120
SHARES
ShareTweet

बुटवल, ९ माघ । नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच पत्रकारहरुलाई सहजरुपमा उपचारको ब्यवस्था मिलाउने गरी सम्झौता भएको छ ।
विशेष गरी कोरोना संक्रमित पत्रकारहरूका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेण्डेण्ट डा. ईन्द्र ढकाल विच यस्तो सम्झौता भएको हो ।
आईतवार अस्पताल परिसरमा भएको सम्झौताअनुसार अस्पतालले पत्रकारहरूलाई मात्र पिसीआर परीक्षण निःशुल्क गर्ने, कोरोना संक्रमित एचडियु तथा आईसियु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा एक÷एक बेड निःशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निःशुल्क परामर्श सेवा उपलब्ध गराउने उल्लेख छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. ढकालले नागरिकलाई सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेस्रो लहरको बेला सहज र प्रथमिकताका साथ उपचार प्रबन्ध मिलाईदिन महासंघको पत्रअनुसार अस्पतालको निर्णयपछि सेवा व्यवस्थापन गरिएको बताउनु भयो । आफ्नो कार्यकालमा पत्रकारहरूको लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गरिने आश्वासन समेत उहांले दिनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले अस्पतालबाट आगामी दिनमा पनि थप सुविधा पाईनेमा आशा ब्यक्त गर्नुभयो । उहांले महासंघले सधै पत्रकारको हित र रक्षाको क्षेत्रमा काम गर्ने बताउनु भयो ।

≪ Previous Post

दक्ष कामदार उत्पादन गर्न बुटवलमा ४० जनालाई १० महिने कुक तालिम शुरु

Next Post ≫

लुम्बिनी गुरुयोजनाको कामप्रति काँग्रेस प्रदेश समितिको चासो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क