Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दक्ष कामदार उत्पादन गर्न बुटवलमा ४० जनालाई १० महिने कुक तालिम शुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दक्ष कामदार उत्पादन गर्न बुटवलमा ४० जनालाई १० महिने कुक तालिम शुरु

संसारपोस्ट संवाददाता · ९ माघ २०७८ · 0
दक्ष कामदार उत्पादन गर्न बुटवलमा ४० जनालाई १० महिने कुक तालिम शुरु
120
SHARES
ShareTweet

बुटवल, ९ माघ । पर्यटन क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्य सहित बुटवलमा आइतबारदेखि दश महिने पेशागत कुक तालिम सुरू भएको छ । नेपाल सरकार र स्वीस सरकारको आर्थिक, देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको संमन्वयमा तालिम सञ्चालन गरिएको होे ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको समन्वयमा यसक्षेत्रमा यति ठूलो र व्यवसायिक तालिम पहिलो पटक आयोजना गरिएको हो ।
तालिम तथा अभिमुखीकरण कार्यक्रमको होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले शुभारम्भ गर्नु भयो । सो अवसरमा बोल्दै उहांले यस क्षेत्रमा होटल रेष्टुरेन्टहरुमा दक्ष कामदारको अभाव भएको भन्दै तालिम लिएर दक्ष भएकाहरुलाई रोजगारीको कुनै अभाव नहुने बताउनु भयो । बुटवल तथा यस आसपासको क्षेत्र पर्यटन ‘हव’ को रूपमा विकास भएको भन्दै स्तरीय र सुविधासम्पन्न होटलमा काम गर्न तालिम अपरिहार्य रहेको उहांले बताउनु भयो ।
१ हजार ६९६ घण्टे तालिममा ४० जना युवा युवतीको सहभागिता रहेको छ । तालिममा सिटिईभिटीको पाठ्यक्रम अनुसार पढाई तथा सिकाई हुने छ । तालिम प्रदायक संस्था देउराली जनता प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक लक्ष्मण रानाले तालिमले कामदारको रोजगार क्षमतामा धेरै सुधार ल्याउने र ब्यवसाय गर्न चाहनेहरुलाई तालिमले ठूलो टेवा पुराउने बताउनु भयो ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले पछिल्लो समयमा होटल तथा पर्यटन क्षेत्रमा लगानी बढ्दै गएपनि दक्ष कामदारको अभाव खड्केकाले तालिम मार्फत शिपमूलक जनशक्ति तयार गर्न आफूहरुले प्रयास थालेको बताउनु भयो । उहांले यो तालिमको सफलता संगै यस्ता तालिम संघले निरन्तर चलाउँदै जाने बताउनु भयो ।
संघले संघको कार्यालयको भुई तलालाई तालिम हलको रुपमा विकास गर्ने संघका सचिव तथा तालिम संयोजक अर्जुन थापाले बताउनु भयो । तालिम पूर्ण रुपमा निःशुल्क रहेको छ । सार्वजनिक सूचना प्रकाशित गरी सहभागी छनौट गरिएको संघका महासचिव माधव कुमार खनालले बताउनु भयो ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघको रणनीतिक कार्यशाला : गुणस्तरीय नीतिमा जोड

Next Post ≫

पत्रकारहरुलाई सहजरुपमा उपचारको ब्यवस्था मिलाउने गरी पत्रकार महासंघ र अस्पताल विच सम्झौता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क