Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघको रणनीतिक कार्यशाला : गुणस्तरीय नीतिमा जोड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघको रणनीतिक कार्यशाला : गुणस्तरीय नीतिमा जोड

संसारपोस्ट संवाददाता · ६ माघ २०७८ · 0
बुटवल उद्योग वाणिज्य संघको रणनीतिक कार्यशाला : गुणस्तरीय नीतिमा जोड
100
SHARES
ShareTweet

बुटवल, ६ माघ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले गुणस्तरीय नीतिलाई जोड दिएको छ । व्यवसायिक हकहितको संरक्षण र सम्बद्र्धन गर्दै स्थानीय आर्थिक तथा सामाजिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्य लिएको संघले उद्देश्य पूर्तिको लागि गुणस्तरीय नीतिलाई जोड दिईएको हो ।
संघले स्थापनाकालदेखि नै व्यवसायिक हकहित एवं सम्वद्र्धन तथा आर्थिक एवं सामाजिक क्षेत्रको बिकासमा योगदान पु¥याउँदै आएको र तीनै कामहरुलाई गुणस्तरीय रुपमा निरन्तरता दिन तथा सेवामा आवश्यकता अनुसार परिमार्जन तथा व्यवस्थित गरी कार्यान्वयन गर्नको लागि अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली मार्फत कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।
संघले सोमबार र मंगलबार लुम्बिनीमा रणनीतिक एवं चेम्बर व्यवस्थापन कार्यशाला गोष्ठिको आयोजना गरि आगामी २ वर्षको लागि लक्ष्य, रणनीति र कार्यक्रम निर्धारण गरेको हो । कार्यशाला गोष्ठिले आर्थिक रुपमा सवल, विश्वसनीय सेवा प्रदायक, सक्षम सचिवालय एवं दुरदर्शी सुशासनयुक्त प्रतिनिधिमुलक नेतृत्वदायी संघको रुपमा बिकास गर्ने लक्ष्य तय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा भएको कार्यशाला गोष्ठिले स्थानीय आर्थिक एवं व्यसायिक क्षेत्रको विकासको लागि प्रत्येक वर्ष कम्तिमा एउटा औद्योगिक व्यापार मेला वा कुनै विशिष्टिकृत मेला सञ्चालन गर्ने, संघका सदस्यहरुको आवश्यकता बमोजिम सेवामा सुधार गर्दै सदस्यहरुको सन्तुष्टि बृद्धि गर्दै जाने र वार्षिक ५ प्रतिशतका दरले सदस्य संख्या बृद्धि गर्दै जाने लक्ष्य तय गरिएको छ । संघमा कार्यरत कर्मचारीहरुको क्षमता तथा कार्यदक्षता अभिबृद्धिको लागि तालिम सञ्चालन गर्ने, उद्योगी र व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि निरन्तर क्रियाशील रहँदै वार्षिक रुपमा तालिम, गोष्ठीको आयोजना गर्ने र कार्यसमितिको व्यवसायिक क्षमता र दक्षता विकासका लागि वार्षिक रुपमा न्यूनतम एउटा अध्ययन अवलोकन भ्रमणको आयोजना गर्ने गरि गुणस्तरीय नीति अख्तियार गरेको हो ।
त्यस्तैगरी उद्योगी, व्यापारी वर्गमा एकता, मैत्रीपूर्ण, सद्भावनाको वातावरण सीर्जना गर्ने÷गराउने तथा उद्योग वाणिज्य क्षेत्रको हित संरक्षण र सवद्र्धन गर्ने÷गराउने उद्देश्य समेत लिईएको महासचिव भट्टराईले बताउनु भयो ।
रणनीतिक एवं चेम्बर व्यवस्थापन कार्यशाला गोष्ठिको उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनीमा लगानीको सम्भावना प्रसस्त रहेको बताउँदै सामुहिक लागानीको वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले बुटवल उद्योग वाणिज्य संघलाई आवश्यक सहयोगको लागि आफू सधै सकारात्मक र प्रतिवद्ध रहेको बताउनु भयो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सिंगो लुम्बिनी प्रदेशमा लगानीका सम्भावनाहरु प्रसस्त भएपनि वातावरण बन्न नसकेको बताउनु भयो ।
कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघको स्थापनाकालदेखि हालसम्म संघले आर्थिक तथा सामाजिक बिकासमा गरेको योगदानको चर्चा गर्नुभयो । उहाँले यस क्षेत्रमा लगानीका सम्भावनाहरु भएपनि त्यसअनुसारको वातावरण अझै तयार नभईसकेको त्यसका लागि आफूहरुको पहल र पैरवी जारी रहेको जानकारी गराउनु भयो । लुम्बिनी नामैले पनि पर्यटन उद्योगको लागि राम्रो सम्भावना रहेको र पर्यटकीय गन्तव्यको बिकास, प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न सकेमात्रै त्यससंग जोडिएको पर्यटन उद्योग फस्टाउन सक्ने बताउँदै उहाँले त्यसमा सबैको साथ र सहयोग हुनुपर्ने भनाई राख्नुभयो ।
दुई दिनसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रशिक्षक बिनय महर्जन हुनुहुन्थ्यो भने संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु र सचिवालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते

Next Post ≫

दक्ष कामदार उत्पादन गर्न बुटवलमा ४० जनालाई १० महिने कुक तालिम शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क