Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा रेल्वे कम्पनीको डिपिआर अन्तिम चरणमा
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा रेल्वे कम्पनीको डिपिआर अन्तिम चरणमा

संसारपोस्ट संवाददाता · २७ पुष २०७८ · 0
तिलोत्तमा रेल्वे कम्पनीको डिपिआर अन्तिम चरणमा
60
SHARES
ShareTweet

तिलोत्तमा, २७ पुस । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेल सञ्चालनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको । तिलोत्तमा नगरमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित कम्पनीले करिव दुई वर्ष अघि रेल सञ्चालनकोे योजना अघि सारेको थियो ।
तिलोत्तमाका विभिन्न ठाउँलाई जोड्नेगरी करिब ५० किलोमिटर रिङरोडमा रेल सञ्चालन गर्ने योजना सहित कम्पनीले काम अगाडी बढाएको छ । यो परियोजना कोरोना महामारी लगायतका समस्याले रेल सञ्चालनको प्रक्रियामा केही विलम्ब भएपनि यसविचमा धेरै चुनौतीको सामना गर्दै रेल संचालनको डिपिआर अन्तिम चरणमा पुगेको कम्पनीका संचालकहरु बताउछन् ।
तिलोत्तमा नगरपालिकाले २०७६ असोजमा आयोजना गरेको लगानी सम्मेलनमा रेल्वे कम्पनीले रेल सञ्चालनका लागि नगरपालिकासँग सम्झौता गरेको थियो । सोही वर्षको पौष २५ गते नगरपालिकाबाट विस्तृत सर्वेक्षण गर्नका लागि स्वीकृत प्राप्त गरेलगत्तै कम्पनीले कामलाई अघि बढाएको थियो ।
तिलोत्तमा नगरसँगै गौतमबुद्ध बिमानस्थल, लुम्बिनी र बुटवल लगायतका ठाउँलाई समेत समेट्नेगरी रेल सञ्चालन गर्ने दिर्घकालिन लक्ष लिएको कम्पनीले आफ्नो प्रथम साधारण सभा तथा अधिबेशन सोमबार सम्पन्न गरेको छ ।
साधारण सभामा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले राज्यले भएको रेल पनि सञ्चालन गर्न नसकिरहेको अवस्थामा तिलोत्तमा नगरमा सञ्चालन हुने रेलले निजि क्षेत्रबाट पनि रेल सञ्चालन गर्न सकिदो रहेछ भन्ने सन्देस जाने बताउनु भयो । रेल सञ्चालनका लागि सहयोगी भूमिका निर्वाह गरिरहनुभएका नगर प्रमुख घिमिरेले तिलोत्तमामा रेल गुड्न थालेपछि सरकारलाई समेत रेल सञ्चालनका लागि दबाब सिर्जना गर्नसक्ने उल्लेख गर्नुभयो ।
उहांले भविष्यमा रेल सञ्चालन गर्दा कुनै असर नपर्ने गरी नगरमा नयाँ भौतिक संरचना निर्माण गर्दा सोही अनुसारको डिजाइन र नक्शा पासको कामहरु भैरहेको बताउनु भयो । रेल परियोजनाका लागि रिङरोड निर्माण गर्ने क्रममा सोही अनुसार जग्गाको ब्यवस्था गरिएको बताउंदै प्रमुख घिमिरेले यसका लागि नगरपालिका आवश्यक सहयोग र सहजीकरणका लागि तयार रहेको बताउनु भयो ।
साधारण सभामा सेयर सदस्य संगिता गौतम अर्यालले कुनै पनि क्षेत्रमा लगानी गर्दा नाफा घाटा स्वभाविक भएको बताउँदै रेल सञ्चाल गर्ने कुरा असम्भव नभएको बताउनु भयो । उहांले कम्पनीले लगानीकर्ताहरुलाई रेल संचालनका विषयमा प्रष्ट पार्न नसकेका कारण लगानीको सुरक्षाको विषयलाई लगानीकर्ता चिन्तित रहेको बताउनु भयो ।
अर्का सेयर सदस्य तेजनारायण गैरेले रेल सञ्चालनका लागि लगानी थप गर्नु पर्ने भएकाले कम्पनीका सञ्चालकहरुले लगानीकर्ताहरुलाई आश्वस्त पार्नुपर्ने बताउनु भयो ।
साधारण सभामा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष हरिप्रसाद तिवारीले रेल सञ्चालन गर्नका लागि हालसम्म गरिएका सम्भाव्यता अध्ययन तथा कोरोना महामारीका कारण कम्पनीले भोग्नुपरेको समस्याका बारेमा जानकारी गराउनु भयो । उहांले कम्पनीमा हाल रु १ लाख लगानी गरेका ५०१ जना सेयर सदस्य रहेका, डेढ करोड लागतमा डिपिआर निर्माणको काम भइरहेको र सरकारी क्षेत्रबाट लगानी तथा अनुदानका लागि समेत पहल भैरहेको बताउनु भयो ।
कम्पनीका सचिव डिल्लीनारायण पाण्डेले निजी क्षेत्रबाट रेल सञ्चालनको अभ्यास नौलो भएपनि असम्भव नरहेको बताउनु भयो । रेल सञ्चालन परियोजनाका परिकल्पनाकार तथा कम्पनीका अध्यक्ष बाबुराम अर्याल अस्वस्थ भएका कारण साधारण सभामा उपस्थित हुनुभएको थिएन ।
११ सदस्यीय संचालक चयन, अध्यक्षको जिम्मेवारी तिवारीलाई
तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेड तिलोत्तमा–१, रुपन्देहीको प्रथम अधिबेशनवाट ११ सदस्यीय संञ्चालक समिति सर्वसम्मत चयन भएको छ । अधिबेशनबाट हरिप्रसाद तिवारी, खिमलाल पाण्डे, डिल्लीनारायण पाण्डे, देवी वाग्ले, ठाकुर आचार्य, कमल न्यौपाने, किशोर पन्थी, भोला शर्मा, बिन्दु ढकाल, दिपक कार्की र अनिल चापागाई सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जानकारी गराउनु भयो ।
निर्वाचन लगत्तै वसेको संचालकहरुको बैठकले कम्पनीको कामलाई चुस्त दुरुस्त र पारदर्शी ढंगले सञ्चालन गर्नका लागि जिम्मेवारी समेत बांडफांड गरेको संचालक डिल्लीनारयण पाण्डेले जानकारी गराउनु भयो । बैठकले हरिप्रसाद तिवारीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । यस्तै बैठकले आर्थिक तथा प्रशासनिककामका लागि खिमलाल पाण्डे, डिल्लीनारायण पाण्डे, देवी वाग्ले र भोला शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको संचालक पाण्डेले जानकारी दिनुभयो ।

≪ Previous Post

कर तिरेपछि नागरिकले निशुल्क खानेपानी पाउनुपर्छ : सांसद शाह

Next Post ≫

वनको संरक्षण, सम्वद्र्धन र दीगो विकासका लागि सबैको सहयोग आवश्यक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क