Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एकिकृत समाजवादीले वडामा युवा र महिला संघ गठन गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एकिकृत समाजवादीले वडामा युवा र महिला संघ गठन गर्ने

संसारपोस्ट संवाददाता · २७ पुष २०७८ · 0
एकिकृत समाजवादीले वडामा युवा र महिला संघ गठन गर्ने
90
SHARES
ShareTweet

भैरहवा, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दोस्रो पूर्ण बैठक भैरहवामा सम्पन्न भएको छ । बैठकले जनवर्गीय संगठन निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकको निर्णयानुसार अब प्रत्येक वडामा राष्ट्रिय युवा संघ र महिला संघ गठन गरिने नगर कमिटी अध्यक्ष रामबहादुर बस्नेतले बताउनु भयो ।
बैठकले माघ १५ गतेभित्र वडा कमिटी गठन गरिसक्ने, पार्टी केन्द्रबाट उपलब्ध स्टिकरहरु नगरका प्रत्येक घरघरमा पुर्याउने निर्णयसमेत गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । ‘पार्टीको स्टिकर घरघरमा पुर्याउने निर्णय भएको छ । यद्यपि कोरोना भाइरस तिव्र रुपमा फैलिएको छ । यदि प्रशासनले अनुमति दियो र महामारी केही मत्थर भयो भने हामीले घरघरमा स्टिकर बाँड्ने काम गर्नेछौं । होइन भने यसलाई स्थगित गरिने छ’, बस्नेतले भन्नु भयो ।
यस्तै, बैठकले पुस मसान्तसम्म प्रत्येक वडा कमिटी इन्चार्जहरुले वडामा गर्नुपर्ने विकास निर्माणका योजनाहरुको पहिचान गरी नगर पार्टी कार्यालयमा पठाउने, संगठन र पार्टी कमिटीलाई चुस्त राख्नुका साथै आमनागरिकको आवश्यकता र आवाजहरुलाई नियामक निकायसम्म पुर्याउन पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा संविधान सभा सदस्य एवं पार्टी केन्द्रिय अनुशासन आयोगका सदस्य आदित्यनारायण कसौधन, केन्द्रिय सदस्य एवं रुपन्देही सह–इन्चार्ज उमा काफ्ले, प्रदेश कमिटी सदस्य एवं रुपन्देही सचिव अविराम विक, प्रदेश सदस्यहरु ऋषिराम पाण्डे, श्रीराम गुप्ता, जिल्ला सचिवालय सदस्य एवं नगर इन्चार्ज तारापति भण्डारी लगायतले बोल्दै संगठन विस्तारसँगै महामारीमा जनताको पिरमर्का बुझी सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

≪ Previous Post

तिलोत्तमा चेम्बरको आठौं साधारणसभा

Next Post ≫

कर तिरेपछि नागरिकले निशुल्क खानेपानी पाउनुपर्छ : सांसद शाह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क