Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा चेम्बरको आठौं साधारणसभा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा चेम्बरको आठौं साधारणसभा

संसारपोस्ट संवाददाता · २३ पुष २०७८ · 0
तिलोत्तमा चेम्बरको आठौं साधारणसभा
40
SHARES
ShareTweet

तिलोत्तमा, २३ पुस । तिलोत्तमा चेम्बर अफ कमर्श (ब्यापार संघ) को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले अन्तरपालिका समन्वय गरेर विकासमा सहकार्य गर्न सकिने धारणा राखे ।
स्थानीय तहले छिमेकी पालिकासँग सहकार्य गरी विकासमा अगाडि बढ्ने हो भने आपसी सम्बन्ध पनि बढ्ने र विकासका क्षेत्रमा ठूलो सफलता हासिल गर्न सकिने उनले बताए ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलले सरकारले लिएको तीन खम्बे अर्थनीति अनुसार निजी क्षेत्र अगाडि बढेको बताए ।
संघका संस्थापक अध्यक्ष एवं संरक्षक तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झविन्द्र प्रसाद कंडेलले स्थानीय तहले विकासमा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिंदै व्यावसायिक हक हित र सुरक्षामा पनि सरकार संवेदनशील बन्नुपर्ने बताए ।
संघका अध्यक्ष बाबुलाल भुसालले घरबहालको समस्या र बढ्दो बैंक व्याजका समस्या यथावत रहेको भन्दै यसको समाधानका लागि संघले पहल गरिरहेको बताए ।
अध्यक्ष भुसालले संघले आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरू एवं आगामी आर्थिक वर्ष.२०७८÷०७९ को कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । साथै उनले व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडि बढाउदै लैजाने जानकारी गराए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्तिराम आचार्य, संघका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव बिष्णु बराल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष बाबुराम कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले आगामी वर्षको प्रतिवेदन पारित गरेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।

≪ Previous Post

५ दिनदेखि भैरहवा–भूमही सडक बन्द

Next Post ≫

एकिकृत समाजवादीले वडामा युवा र महिला संघ गठन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क