Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्बल बितरण
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

रोहिणी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्बल बितरण

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0
रोहिणी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्बल बितरण
60
SHARES
ShareTweet

भैरहवा, २० पुस । रोाहिणी गाउँपालिकाले वडा नम्बर ७ मा बस्ने जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । ७ नम्बर वडाका ३ सय बढीलाई न्यानो कम्बल बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
चिसो बढे संगै जेष्ठ नागरिकहरु बढी प्रभावित हुने भएकोले वडामा रहेका गाउँपालिकामा जेष्ठ नागरिकमा सुचिकृतहरुलाई कम्बल बितरण गरिएको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो । यादवले ७ नम्बर वडा कार्यालयले यस अघि नै बिनियोजन गरेको बजेटबाट उनीहरुलाई कम्बल बितरण गरेको बताउनु भयो । यस संगै वडामा रहेका एकल महिलाहरुलाई पनि भोली कम्बल बितरण गर्ने कार्यक्रम छ ।
रोहिणी गाउँपालिकाले चिसोबाट जोगिन छिट्टै दाउराको ब्यस्थापन समेत गर्ने उहांले बताउनु भयो ।
कम्बल बितरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले चिसोबाट जेष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुने भएकोले अति आवश्यक काम बाहेक उनीहरुलाई बाहिर नजान आग्रह गर्नुभयो । बढी चिसो भएकोले गाउँपालिकाले निर्णय गरेर शुक्रबार सम्म सबै बिद्यालय बन्द गरेको र जेष्ठ नागरिकको हकमा गाउँपालिकाले कम्बल वितरण गरिरहेको र पालिकामा रहेका अन्य वडाहरुका जेष्ठ नागरिक सम्म पनि यो कार्यक्रम पु¥याईने बताउनु भयो ।
वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष दुखनी थारुको अध्यक्षतामा सम्पन्न कम्बल बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार, ७ नम्बर वडाका वडा सदस्य परशुराम गुप्ता, रविन्द्र यादव, कान्ती हरिजन कार्यालय सहायक धनकुमारी पाण्डे लगायतले आआफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव बबिता यादवले गर्नुभएको थियो ।

≪ Previous Post

प्याब्सन लुम्बिनी अध्यक्षमा पाण्डे

Next Post ≫

५ दिनदेखि भैरहवा–भूमही सडक बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क