Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्याब्सन लुम्बिनी अध्यक्षमा पाण्डे
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्याब्सन लुम्बिनी अध्यक्षमा पाण्डे

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0
प्याब्सन लुम्बिनी अध्यक्षमा पाण्डे
40
SHARES
ShareTweet

बुटवल, २० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले बुटवलका लालहरि पाण्डेय (रुपन्देही) को अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जि.सी (बांके), उपाध्यक्षहरुमा केशव सापकोटा (कपिलबस्तु), गोविन्द पौडेल (पाल्पा) सचिवमा धनराज चापागाई (नवलपरासी), कोषाध्यक्षमा अमरराज सुवेदी (दाङ्ग), सहसचिवमा तेजनाथ पौडेल (बर्दिया), सहकोषाध्यक्षमा महेश भूर्तेल (रुपन्देही) चयन भएका छन् । यस्तै कार्यकारिणी सदस्यहरुमा शारदा ज्ञवाली (रुपन्देही), रामदेव यादव (रुपन्देही), उपेन्द्र गुप्ता (नवलपरासी), वासुदेव रिजाल (दाङ्ग) र राजेन्द्र कुमार आचार्य (बाँके) चयन भएका छन् । बाँकेको कोहलपुरमा सम्पन्न अधिवेशनको उद्घाटन समारोह प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद पाण्डेयको अध्यक्षता र लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र बहादुर हमालको प्रमुख अतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्याब्सन केन्द्रिय सह–अध्यक्ष डि.के.ढुङ्गाना,सल्लाहकारहरु आशिष श्रेष्ठ, नारायण अधिकारी, सुमन गोपाल आचार्य, निर्मल उपाध्याय, अनिल झा, प्याब्सनका केन्द्रिय उपाध्यक्षहरु ईश्वरबहादुर गुरुङ्ग, कृष्ण अधिकारी र बिष्णु पन्थी, नेशनल प्याब्सन केन्द्रीय सचिव कुसुम रानाभाट लगायतले निजी विद्यालयहरु राज्यको शिक्षा विकासको मेरुदण्ड रहेको तर नेपाल सरकारले भेदभाव गरेको गुनासो गर्नुभएको थियो । अधिवेशनमा कोषाध्यक्ष केशव सापकोटाले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । प्रदेश अधिवेशनमा प्रदेशका विभिन्न जिल्लाबाट ३ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

नवलपुरको गैडाकोटमा एक जना पुरुष मृत फेला

Next Post ≫

रोहिणी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्बल बितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क