नवलपुर, २० पुस । पूर्वी नवलपरासीको गैडाकोटमा १ जना पुरुष मृत फेला परेका छन् ।
नवलपुरको गैंडाकोट नगरपालिका – १ मौलाकालिका फेदी स्थित मौलाकालिका मन्दिर जाने गेटमा विगत एक बर्ष देखि मागेर खाने बुटवल घर भएका जीवन पौडेल नाम बताउने अन्दाजी ५० बर्षीय पुरुष पिकनिक स्पोटको टिकट काट्ने घरमा सुतिरहेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । उनको चिसोको कारण निधन भएको आशंका गरिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल चितवनमा लगिएको प्रहरीले जनाएको छ ।
