Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपुरमा ट्रकको ठक्करबाट प्रहरी जवान घाइते
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरमा ट्रकको ठक्करबाट प्रहरी जवान घाइते

संसारपोस्ट संवाददाता · २० पुष २०७८ · 0
नवलपुरमा ट्रकको ठक्करबाट प्रहरी जवान घाइते
60
SHARES
ShareTweet

नवलपुर, २० पुस । पूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट प्रहरी जवान घाईते भएका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ दमार चोकमा प्रहरी चेकिङ्ग गरिरहेको अवस्थामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २ –०३– ००१ख ५७२८ नम्बरको ट्रकले प्रहरी चौकी अरुणखोलामा कार्यरत प्रहरी जवान अमृत चौधरीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी चौधरीको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । घाईते चौधरीको चितवन स्थित एलाइभ अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैविच पूर्वी नवलपरासीमा एक जना मजदुर घाँस काट्ने क्रममा घाँस काट्ने मेसिनले हात काटेर घाइते भएका छन् ।
स्थानीय बासिन्दाका अनुसार नवलपुरको मध्यबिन्दु नगरपालिका – २ चनौली बस्ने बर्ष ४५ को बाबुलाल महत्तोको मध्यविन्दु –४ लुस्लहरी स्थित रहेको नारायणी कृषी तथा पशुपालन फर्ममा रहेको घाँस काट्ने मेसिनमा घाँस काट्ने क्रममा हात काटिएको हो ।
उनको दाहिने हातको नाडीबाट काटिएको र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि नारायणी सामुदायिक अस्पताल भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ४ जनक स्कुल नजिकै मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदैं गरेको बा ५७ प ४११५ नम्बरको मोटरसाइकलले पैदलयात्रीहरुलाई दिएको हो ।
मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको जिराबनी गाउँपालिका घर भई हाल गैडाकोट –४ बस्ने २५ बर्षीय प्रकाश चौधरी, पैदलयात्री भारत घर भई हाल गैंडाकोट ५ बुद्ध चोक बस्ने बर्ष २१ को दिनेश कुमार र बर्ष ३० को पिन्टु जैसवाल घाइते भएका छन् ।

≪ Previous Post

नवलपुर प्रगतिनगर खानेपानीको अध्यक्षमा भुसाल पुन: निर्वाचित

Next Post ≫

नवलपुरको गैडाकोटमा एक जना पुरुष मृत फेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क