संसार पोष्ट
गुल्मी, १२ साउन । गुल्मीमा गुल्मीको कालिगण्डकी गाउँपालिका –७ छापचौरमा शनिवारराति पहिरोले घर बगाउँदा एक बालकको ज्यान गएको छ । घरले पुरिएर ५ जना घाइते भएका छन्् ।
कालिगण्डकी गाउँपालिका– ७ को छापचौरमा लगातारको वर्षाका कारण शनिबारराति २ बजेतिर छापचौरका विष्णु परियारको घर पहिरोले बगाउँदा १३ वर्षिय चुन्ने परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोले पुरिएर सोही परिवारका पाँच घाइते भएका छन्् ।
प्रहरीका अनुसार घाईते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
यस अघि गुल्मीकै सत्यवती गाउँपालिका वडा नम्वर ४ लिम्घा र वडा नम्वर ३ ठूलोलुम्पेकमा पहिरोमा पुरिएर १३ जनाको ज्यान गएको छ ।
