Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कपिलवस्तुको बाणगंगामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुको बाणगंगामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो

संसारपोस्ट संवाददाता · १६ पुष २०७८ · 0
कपिलवस्तुको बाणगंगामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो
80
SHARES
ShareTweet

कमल चौधरी

कपिलबस्तु, १६ पुस । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ (क) कपिलबस्तुकोे आयोजनामा आज शुक्रबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ ।
नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ (क) कपिलबस्तुले पनि जिल्लाको बाणगंगा नगरपालिका ८ बोर्डगाउँमा एक कार्यक्रमको आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ ( क) का सभापति दुर्गा केसीको अध्यक्षता तथा उपाध्यक्ष कृष्ण मुरालीको स्वागत रहेको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति पूर्व मन्त्री कमलेश कुमार शर्माले मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ वीपी कोइराला लगायतका नेताहरु स्वदेश फर्किएको ऐतिहासिक दिनलाई नेपाली कांग्रेसले एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउदै आएको बताउनु भयो । उहाँले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएको स्मरण गर्दै यो दिवस मनाएको बताउनु भयो । उहाँले बीपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि लिएको मेलमिलापको नीति अहिले पनि निकै सन्दर्भिक रहेको र यसलाई दिवसमा मात्र सिमित नगरी ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
क्षेत्रिय सभापति अब्दुल मन्नान खाँले राष्ट्रिय एकता, पार्टी भित्र एकता, सहयोग र सद्भाव गर्नको लागि ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ निकै नै सान्दर्भिक रहेको बताउनुभयो । उहाँले अब स्थानीय निर्वाचन आईरहेको अवस्थामा सबै नेपालीहरु सहयोग र सहकार्य गर्दै व्यक्तिको जित नभएर पार्टी र राष्ट्रियताको लागि एक जुट हुनुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं. १(क) कपिलबस्तुका पूर्व सभापति शालिकराम चौधरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरु अशिष शर्मा, कृष्ण न्यौपाने, विमला गैरे, डोलक राम घिमिरे, विपि प्रतिष्ठान कपिलबस्तु जिल्ला अध्यक्ष युवराज के.सी, वडा सभापति जगन्नाथ भण्डारी लगायतले बोल्दै मुलुकको समग्र रुपान्तरणको लागि एकता र मेलमिलाप निकै सान्दर्भिक रहेको बताउनुभयो । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ ( क) कपिलबस्तुका सचिव दल बहादुरको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका वडा, नगर,क्षेत्र र जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

काँग्रेसलाइ पहिलो पार्टी बनाउन प्रदेश नेतृत्व सबैको मन जितेर अगाडी बढ्छ : प्रदेश सभापति पुन

Next Post ≫

नवलपुर प्रगतिनगर खानेपानीको अध्यक्षमा भुसाल पुन: निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क