भैरहवा, १६ पुस । ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लागु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं.१ बनकट्टामा लागु औषध कारोवार हुदै छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं. १ बस्ने बर्ष २३ को सागर के.सी.लाई लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रहरीले केसीलाई रित पुर्वक खानतलासी गर्दा निजको साथबाट २ ग्राम ७१० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ (लागु औषध) सहित फेला पारी निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।