Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ क्रिकेट छनोट खेलमा पश्चिम नवलपरासी विजयी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्रिकेट छनोट खेलमा पश्चिम नवलपरासी विजयी

संसारपोस्ट संवाददाता · १० पुष २०७८ · 0
क्रिकेट छनोट खेलमा पश्चिम नवलपरासी विजयी
60
SHARES
ShareTweet

भैरहवा, १० पुस । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा पश्चिम नवलपरासीले कपिलवस्तुलाई पराजित गरेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा नवलपरासीले कपिलवस्तुलाई १० रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले निर्धारित ४० ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ११३ रन बनायो । उसका लागि करण विकले अविजित २५ र दिलशाद अलीले १२ रन बनाए । बलिङमा कपिलवस्तुका शिवकुमार मौर्य र राज अग्रहरीले समान ३–३ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको कपिलवस्तु ३५.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै समेटियो । उसका लागि आकाश त्रिपाठीले २७ र शिवकुमार मौर्यले २० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा नवलपरासीका जितेन्द्र शाहनी र विजय लोहारले समान ३–३ तथा इकलाख अहम्मद र करण विकले समान २–२ विकेट लिए । करण विक म्यान अफ द म्याच भए । आइतबार बर्दिया र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । शनिबारको खेल मौसमका कारण ५० ओभरबाट ४० ओभरमा झारिएको थियो ।
पुस अन्तिम साताबाट हुने प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरी टीम बनाउनका लागि छनोट खेल भइरहको हो । छनोट खेल पुस २१ ग्तेसम्म चल्नेछ भने ७ जिल्ला सहभागी छन् । प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा खेल भइरहेको हो ।

≪ Previous Post

रेडियो मुक्ति महिला फुटसल प्रतियोगिताको उपाधि स्वास्थ्यकर्मी महिलालाई

Next Post ≫

वडा अध्यक्ष न्यौपानेद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क