Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रेडियो मुक्ति महिला फुटसल प्रतियोगिताको उपाधि स्वास्थ्यकर्मी महिलालाई
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

रेडियो मुक्ति महिला फुटसल प्रतियोगिताको उपाधि स्वास्थ्यकर्मी महिलालाई

संसारपोस्ट संवाददाता · १० पुष २०७८ · 0
रेडियो मुक्ति महिला फुटसल प्रतियोगिताको उपाधि स्वास्थ्यकर्मी महिलालाई
80
SHARES
ShareTweet

बुटवल, १० पुस । दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७८ को उपाधि स्वास्थ्यकर्मी महिलाले जितेका छन् । शनिबार बुटवलको देबीनगरमा सम्पन्न प्रतियोगितामा ११ समूहलाई पछि पार्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मी महिलाहरुले उपाधी जितेका हुन् ।
फाइनल खेलमा स्वास्थ्यकर्मी महिलाले बुटवल उपमहानगरपालिकाका कर्मचारी महिलालाई पेनाल्टीमार्फत हराएका हुन् । विजेताले उपाधिसंगै नगद १० हजार नगद, शील्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा कर्मचारी महिलाले दोस्रो स्थान हासिल गरेका छन् । उपविजेता बुटवल उपमहानगरपालिकाका कर्मचारी महिलाले नगद ५ हजार रुपैयाँ नगद, शील्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी महिलाको तर्फबाट मुना दर्लामी र सोही टिमबाटै उत्कृष्ट किपर विपना भण्डारी भए । यस्तै सर्वाधिक गोलकर्ता किसान समूह सैनामैनाबाट सुनिता चौधरी, सवोत्कृष्ट डिफेन्डर बुटवल उपमहानगरकी कर्मचारी महिला कमला विक भइन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,अनुशासित खेलाडीलाई पनि नगदसहित सम्मान गरिएको प्रतियोगिता संयोजक अमृता अनमोलले जानकारी गराउनुभयो ।
महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्ति बुटवलले महिला शसक्तिकरणका लागि खेल भन्ने नारासहित महिला फुटसल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा एकल महिला, सञ्चारकर्मी, कृषक समूह ,स्वास्थ्यकर्मी ,व्यवसायी, किशोरी, द्धन्द्ध पीडित लगायत १२ महिला समूहको सहभागिता रहेको थियो । सहभागी टिमलाई रेडियोका अध्यक्ष खेमकुमारी पोखरेल दीपु र खेल संयोजक अमृता अनमोलले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिता रेडियो मुक्तिकी अध्यक्ष खेमकुमारी पोख्रेल दिपुको अध्यक्षता, बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता र स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा भएको थियो । त्यसैगरी प्रतियोगितामा निरज गुरुङले रेफ्रि र दीपक न्यौपानेले खेल सञ्चालक तथा उदघोषकको भूमिका निर्वाह गर्नुभएको थियो ।

≪ Previous Post

ब्यवसायीले गुनासो नगर्ने गरी काम गर्छु : नापतौल प्रमुख झा

Next Post ≫

क्रिकेट छनोट खेलमा पश्चिम नवलपरासी विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क