मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मानसिक चिताले सताउनेछ , व्ययको अधिकताले आर्थिक भार पर्ला चोट पटको सभावना रहेकाले सावधान हुपर्ने हुन्छ । सान तिना अल्झनमै दिन व्यतित होला, कुनै पनी ठोश निर्णय लिन नसक्दा आएको काम हातवाट निक्लन सक्छ ।
बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
बौद्धिक क्षमतामा वृद्धि होला, सफलताले शिखर चुम्नेछ, शैक्षिक क्षेत्रवाट लाभ होला । गरेको कामले समाजमा प्रतिष्ठा दिलाउने छ , कुनै समारोह आदिमा आतिथ्यताको अवसर प्राप्त होला । रोकिएका अधुराकाम संचालन होलान्, समाजमा खुलेर तारिफ पाइनेछ ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
कमाइले खर्च धान्ने छैन, प्रेममा असफलता हात लाग्नेछ । पढाईलेखाई मन जाने छैन , आँखामा विकार पैदा हुनसक्नेछ । शारीरिक मेहनत अधिक होला, गरेको कामवट सन्तोष सुख मिल्ने छैन । पाचन प्रकृयामा कमजोरी आउनेछ, झै–झगडामा फस्न सकिनेछ ।
कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भोज भतेरमा सहभागि हुने अवसर प्राप्तहोला, पति पत्नी तथा पे्रमी प्रेमिका विचको माया प्रेमा बृद्धि होला । व्यापारले लाभ दिनेछ, सन्तान सुखमा बृद्धि होला । घरमा आफन्तको आगमनले मनमा हर्ष छाउने छ, गरिएको कामले प्रसिद्धि देला ।
सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बौद्धिक क्षमताले गर्दा अरुको मन आकर्षित गर्न सकिएला । नोकरीमा लागेका हरुको लागी पनि पदोन्तीको समय रहेको छ । नवीन कार्यको थालनी होला । प्रतिष्ठामा बृद्धिहोला, सरकारीकाम कार्य सहजताले पूर्ण होला, धनआगमनको मार्ग फेला पर्ला ।
कन्या – (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
छातीमा पीडा आउन सक्छ । भाग्यले साथ दिने छैन, बिद्यामा अवरोध आउला । विरोधीको जालमा फस्न सकिनेछ । वाद विवादमा पराजय वेहोर्न पर्ला, सहजै विश्वास गर्दा धोका खान सकिन्छ । कामवनाउनको लागि निकै कसी पर्ला ।
तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,त)
किमती सामान हराउने सम्भावना देखिन्छ, वाटो घाटोमा विषेश सावधानी अपनाउनु पर्ला । सावधानी अपनाएमा केही सकारत्मक कार्य पनि हुन सक्ला । आत्म वलकमजोर होला, सानो काम सम्पन्न गर्न पनि निकै मेहनत गर्नु पर्ने छ ।
बृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईको कार्य कौशलताको खुलेर तारिफ होला, नयाँ सवारीसाधन खरिद गर्न सकिने छ । कला साहित्यमा लाग्ने हरुका लागि सम्मानित हुने अवसर आउन सक्नेछ , माया प्रोमको गाँठो अझै कसिनेछ हुने छ ।
धनु – (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सत्रु नाश होलान्, रोगको नाश होला तर खर्च अधिक हुने सम्भावना भने रहिरहेको छ । विद्या, वुद्धि र कौशलतामा वृद्धिहोला, महिला तथा स्त्री साथिको सहयोग मिल्नेछ ।
मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मानसिक अशान्ति वढ्ला वोली चालीमा मधुरता ल्याउनु आवश्यक छ । बिद्यामा रुचि जाने छैन । स्वास्थ्यमा उतर चढाव हुनसक्छ आज खान पिनमा बिषेश ख्याल गर्नु होला । अनावश्यक खर्चमा वढोत्तरी होला, पारिवारिक झै–झमेलाले सताउला ।
कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)प्रेमी प्रेमिका विच मनमुटाव पैदा होला, समाजमा अपकृति को व्याख्या होला, जमिनमा विवाद हुन सक्छ । स्वजनमा विवादको विउ रोपिन सक्छ, चञ्चलतामा बृद्धि होला । साथीहरुले सयोग दिने छैनन्, पेट तथा छातीमा विकार पैदा हुनसक्छ । मीन – (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मनोरञ्जनमा सभागी होईएला । पढाई लेखाईमा मन लाग्ने छ, घरमा अतिथिको आगमन होला । धन आगमनको नयाँ श्रोत फेला पर्ला , स्वाथ्यमा सुधार आउला, मन प्रशन्न होला । ठुला व्यक्ति संग सम्पर्क वढ्ने छ, प्रेमिकाको सहयोग र साथ मिल्नेछ ।