Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ नेवा पुच ः बुटवलको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेवा पुच ः बुटवलको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
नेवा पुच ः बुटवलको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत
70
SHARES
ShareTweet

जेष्ठ नागरिक र एसईईमा उत्तिर्ण छात्रछात्रालाई सम्मान



संसार पोष्ट
बुटवल, ११ साउन । नेवा पुच ः नेवा समाज विकास परिषद बुटवलको १९ औ साधारण सभा तथा ७ औ अबिधेशनले काजीमान श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
शनिबार परिषदको कार्यालय परिषर बुटवलमा भएको अधिवेसनले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । परिषदको वरिष्ठ उपाध्यक्षमा कल्याणी लाकौल, उपाध्यक्षमा रबिन्द कक्षपति, सचिवमा लक्ष्मी श्रेष्ठ, सहसचिवमा विष्णुप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा चिरन्जिवी श्रेष्ठ तथा सदस्यहरुमा अन्जुलता जोशी, विक्रम राजभण्डारी, हिराकुमारी श्रेष्ठ, डिल्ली कुमार श्रेष्ठ, दिब्य राजभण्डारी, अजय श्रेष्ठ र निर्मला श्रेष्ठ चयन हुनुभएको छ ।
नवनिर्वाति अध्यक्ष श्रेष्ठले भौतिक पूर्वाधारसंगै नेवार भाषा संस्कृतिको संरक्षणको कामलाई अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । उहांले किरियापुत्रि भवनको सेवा थप्ने, गाईजात्राको दिन सार्वजनिक बिदाको ब्यवस्था गरिनुपर्ने मागलाई प्रदेश सरकारबाट अघि बढाउने बताउनु भयो ।
साधारण सभाको प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले उदघाटन गर्दै नेवार समुदायले नेवारी संस्कृतिसंगै नेपाली राजनीतिमा धेरै ठुलो योगदान दिएको बताउनुभयो ।
कार्यक्रममा पुचःका सल्लाहकार बिमल बहादुर श्रेष्ठ, जिवन ओझा, आदिबासी जनजाती समन्वय परिषदका जिल्ला अध्यक्ष शंकर गाहा, नेवा सेवा समितिका अध्यक्ष चिरिन्जिवी श्रेष्ठ, पुचःका सचिव रबिन्द्र कक्षपतिले सरकारबाट नीतिगत रुपमा नै सहयोग हुनुपर्ने धारणा राख्नुभयो । सो अवसरमा जेष्ठ नागरिक महालक्ष्मी जोशी, हिरण्यमान थैव, कमला थैव, अमृतलाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।


यसैगरि यसवर्ष एसईई उत्तिर्ण भएका शेयर सदस्यहरुका छोरा छोरीहरु हेलेन महर्जन, सुमिना श्रेष्ठ, हर्षला श्रेष्ठ र समिक्षा श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेवा पुचको नवनिर्मित सभाहलको बारेमा निर्माण समितिका अध्यक्ष काजीमान श्रेष्ठले जनकारी दिदै सो सभाहल २६ लाख लागतमा निर्माण गरिएको जानकारी गराउनु भयो ।
सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने आर्थिक सहयोगदाताहरुलाई समेत सम्मान पत्रबाट सम्मान गरिएको थियो । कार्यक्रम पुचःका अध्यक्ष ज्ञानु लिगलको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

तिलोत्तमा क्रिकेट प्रिमियर लिगको तेस्रो संस्करण आगामी असोजमा

Next Post ≫

आजकाे राशिफल मिति २०७६ साल श्रावण १२ गते आइतवार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क