Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जिल्लास्तरीय कालिका रनिङ शिल्डको उपाधि आयोजकलाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जिल्लास्तरीय कालिका रनिङ शिल्डको उपाधि आयोजकलाई

संसारपोस्ट संवाददाता · ७ पुष २०७८ · 0
जिल्लास्तरीय कालिका रनिङ शिल्डको उपाधि आयोजकलाई
60
SHARES
ShareTweet

बुटवल, ७ पुस, । रुपन्देही जिल्लास्तरीय प्रथम कालिका रनिङ शिल्डको उपाधि आयोजक कालिका मानवज्ञान मावि बुटवलले जितेको छ । जिल्लाका २१ निजी र १० सामुदायिक विद्यालय सहभागी प्रतियोगितामा ३ स्वर्ण, ६ रजत र ४ कास्यसहित १३ पदक जितेर कालिका मानव ज्ञानले रनिङ शिल्ड हात पारेको हो ।
४८ वटा इभेन्टमा भएको प्रतिस्पर्धामा ३ स्वर्ण, १ रजत र ३ कास्य गरी ७ पदक जितेर बुटवलको एभरेस्ट बोर्डिङ स्कुल दोस्रो र ३ स्वर्ण, १ रजत र २ कास्य सहित ६ पदक जितेर तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ स्कुल तेस्रो भएको छ । विजयी विद्यालयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनीहरुलाई बुधवार विद्यालयको ६१औं वार्षिकोत्सव समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी,प्रचार्य दिनेश थापाले नगद पुरस्कार सहित सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । यसअघि नगरस्तरी रनिङशिल्ड प्रतियोगिता गर्दै आएकामा यस वर्षदेखि जिल्लास्तरीय शुरु गरेको विद्यालयका खेल प्रशिक्षक हरिष वलीले बताए । वली विद्यालयको खेल प्रशिक्षक नियुक्त भएपछि विद्यालयले खेलकुद क्षेत्रमा समेत उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्राचार्य दिनेश थापाले बताए ।

≪ Previous Post

अनाथ आश्रमले जुटायो ५० लाखको अक्षय कोष

Next Post ≫

बुटवलमा सञ्चालन हुने चौथो ब्यापार मेलाको तयारी पुरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क