Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अनाथ आश्रमले जुटायो ५० लाखको अक्षय कोष
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अनाथ आश्रमले जुटायो ५० लाखको अक्षय कोष

संसारपोस्ट संवाददाता · ७ पुष २०७८ · 0
अनाथ आश्रमले जुटायो ५० लाखको अक्षय कोष
70
SHARES
ShareTweet

बुटवल, ७ पुस । अभिभावक बिहीन तथा असहाय बालवालिकाको लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले ५० लाखको अक्षय कोष स्थापना गरेको छ ।
सडक बालवालिकादेखि अभिभावक बिहीन बालबालिकाको संरक्षणका लागि २०५३ सालमा आश्रम स्थापना गरिएको हो । बुधबार आश्रमको २५ औं साधारण सभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले आश्रम सञ्चालनका लागि सहयोग जुटाउने प्रतिवद्धता जनाएका छन् ।
अभिभावक बिहीन बालवालिकाको नैसर्गिक अधिकारका लागि सबै प्रकारका सहयोग जुटाउने प्रतिवद्धता उनीहरुले जनाएका छन् ।
कार्यक्रममा बोल्दै तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेले अनाथ बालवालिकाहरुको संरक्षणका लागि आश्रम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयोे । तिलोत्तमा नगरपालिका बालमैत्री नगरपालिका घोषणा भैसकेकाले अब बालवालिकाका हरेक अधिकार र सुविधाप्रति सहयोग पुग्ने अध्यक्ष न्यौापनेले बताउनु भयो । बालवालिकाहरुको पालनपोषणदेखि शिक्षा, स्वास्थ्य र अन्य अधिकारको विषयमा नगरपालिकाबाट सहयोग हुने समेत उहांले बताउनु भयो ।
आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले आश्रम सबैको सम्पति भएको उल्लेख गर्दै सबैको आर्थिक र भौतिक सहयोगबाट आश्रमले गति लिएको बताउनु भयो । अध्यक्ष भण्डारीले आश्रमको अहिले ५० लाख अक्षयकोष रहेको जानकारी गराउंदै कोरोना महामारीका कारण एक करोड पुराउने लक्ष्य पुरा हुन नसकेको र आगामी दिनमा पुर्याउने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी रमेश पाण्डे, बर पिपल महिला समूहकी अध्यक्ष कमला आचार्य पोखरेल, फोरस्टार सहकारीका अध्यक्ष रामलाल तिवारी, पत्रकार कृष्ण ढकाल, प्रकृति भट्टराई, सीता वास्ताकोटी लगायतले बोल्दै अनाथ बालवालिकाका लागि आश्रम सञ्चालनमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनुभएको थियो ।

≪ Previous Post

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको खुल्ला सदस्यमा केसी र कँडेल,महिलातर्फ शिला शर्मा विजयी

Next Post ≫

जिल्लास्तरीय कालिका रनिङ शिल्डको उपाधि आयोजकलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क