बुटवल, ७ पुस । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत भएको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम चलिरहेको छ । यसै अन्तर्गत लुम्बिनी प्रदेशतर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ ।
लुम्बिनी प्रदेश तर्फका दुईजना खुल्ला केन्द्रीय सदस्यमा गुल्मीका चन्द्रबहादुर केसी र नवलपरासीका देवेन्द्रराज कँडेल निर्वाचित हुनुभएको छ । सदस्यमा निर्वाचित केसी गुल्मीका पूर्व पार्टी सभापति र कँडेल पूर्व राज्यमन्त्री हुनुहुन्छ ।
यस्तै लुम्बिनी प्रदेशबाटै महिलाको एक केन्द्रीय सदस्य पदमा दाङकी शिला शर्मा खड्का निर्वाचित हुनुभएको छ । उहां कांग्रेसका पूर्वनेता स्वर्गीय खुमबहादुर खड्काकी पत्नी हुनुहुन्छ ।
