Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ‘सी’ लेभल ब्याडमिन्टन हुने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ‘सी’ लेभल ब्याडमिन्टन हुने

संसारपोस्ट संवाददाता · ६ पुष २०७८ · 0
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ‘सी’ लेभल ब्याडमिन्टन हुने
80
SHARES
ShareTweet

बुटवल, ६ पुस । रुपन्देहीको बुटवल–११ देविनगरमा लुम्बिनी प्रदेश स्तरीय ‘सी’ लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देविनगरको ओलीपथ स्थित ब्याडमिण्टन कभर्ड हलमा यहि पुस ९ र १० गते दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ए र बी लेभलका खेलाडी तथा भेट्रान्स खेलमा विजेता, उप विजेता र तृतीय भएका खेलाडीहरुलाई सहभागि नगराईने भएको छ ।
बुटवलको आशिष स्टेशनरी तथा स्पोर्टस् हाउसको आयोजनामा हुने प्रथम ‘आशिष कप ब्याडमिन्टन’ मा लायन्स क्लब अफ बुटवल स्टारले पनि सहयोग गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजारसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी द्वितीय हुनेलाई २० हजार तथा तृतीयलाई १५ हजार नगद राशीसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता बारे जानकारी गराउन मँगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका अध्यक्ष आयुष श्रेष्ठले उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदयमान खेलाडीलाई समेत विशेष पुरस्कारसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने बताउनु भयो । उहांका अनुसार प्रतियोगितामा टप ८ मा पर्न सफल टिमलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
लुम्बिनी प्रदेशभरीका खेलाडी सहभागी हुने प्रतियोगिताका लागि प्रति टिम २ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । सहभागि खेलाडीहरुलाई खाना, नास्ता, टिशर्ट र मायाको चिनोको व्यवस्था आयोजकले गर्ने छ । प्रतियोगितामा मुख्य एम्पायरका रुपमा अर्जुन कार्की र सहायक अम्पायरमा प्रमोद पहाडी रहनुभएको छ ।

≪ Previous Post

एमसीसी संशोधन होइन खारेज गर्नुपर्छ : चित्रबहादुर

Next Post ≫

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको खुल्ला सदस्यमा केसी र कँडेल,महिलातर्फ शिला शर्मा विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क