संसार पोष्ट
बुटवल, १० साउन । रुपन्देहीमा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन् । जिल्लाको रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका हुन् । विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको भैरहवास्थित भीम अस्पतालमा उपचारत भईरहेको छ ।
रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका ७ जना र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा घर क्षेत्रमा उम्रिएको च्याउ खाएपछि हरिजन परिवारका ९ जना बिरामी परेको भीम अस्पताल भैरहवाले जनाएको छ । केही दिनअघि पनि रोहिणी गाउँपालिका २ मा विषालु च्याउँ खादाँ ९ जना बिरामी परेका थिए ।
अस्पतालमा उपचारत दुई परिवारका १६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको भैरहवा भीम अस्पतालका चिकित्सक डा. त्रिलोचन पन्थीले जानकारी दिनुभयो ।
