Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा २६ हजार नागरिकता र ६ हजार बढि राहदानी वितरण
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा २६ हजार नागरिकता र ६ हजार बढि राहदानी वितरण

संसारपोस्ट संवाददाता · १० श्रावण २०७६ · 0
रुपन्देहीमा २६ हजार नागरिकता र ६ हजार बढि राहदानी वितरण
100
SHARES
ShareTweet

चार करोड बढि राजश्व संकलन



संसार पोष्ट
भैरहवा, १० साउन । रुपन्देहीमा आर्थिक वर्ष २०७५÷७६ मा २६ हजार बढि नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहिबार आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै सो आर्थिक वर्षमा २६ हजार १ सय ८१ वटा नागरिकता वितरण गरिएको जानकारी गराएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वंशजका आधारमा १३ हजार ३८, वैवाहिक अंगिकृत २ हजार १ सय १५ र अंगिकृतका सन्तान ६२ जनालाई नागरिकता वितरण गरेको छ । कार्यालयका अनुसार वशंजको नागरिकता पाएकामध्ये १ हजार १ सय ५० जना जन्मका आधारमा नागरिकता पाएकाका सन्तान हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय मातहतमा रहेका इलाका प्रशासन कार्यालय बुटवलले आ.व. २०७५÷७६ मा वंशजका आधारमा ८ हजार ७ सय २५ र इलाका प्रशासन कार्यालय मझंगावाले २ हजार २ सय ४१ जनालाई नागरिकता वितरण गरेको छ । इलाका प्रशासन कार्यालय बुटवलबाट १०८ जना र इलाका प्रशासन कार्यालय मझंगावाबाट २ सय ४४ जना गरी ३५२ जना जन्मका आधारमा नागरिकता पाएकाका सन्तानले नागरिकता लिएका छन् ।
२०७६ असार मसान्त सम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ६ लाख ९९ हजार ८ सय ३४ जनालाई नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । उहांका अनुसार सो अवधिमा ४ हजार ६ सय १६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । यस्तै १८ जनाले नागरिकता परित्याग गरेका छन् भने ६ जनाको नागरिकता रद्ध गरिएको छ ।


सोही अवधिमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ हजार २९ वटा राहदानी सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । त्यस्तै १ हजार १ सय ३३ वटा राहदानी दु्रत सेवा सिफारिस र ६ हजार ९ सय ९९ वटा राहदानी वितरण गरिएको उहांले बताउनुभयो ।


आर्थिक वर्ष २०७५÷७६ मा ३ सय ९४ वटा मुद्दा दर्ता भएकोमा ३ सय १२ वटा फछ्र्यौट गरिएको छ भने ८२ वटा मुद्दा फछ्र्यौट हुन बांकी रहेको छ । यस्तै सो अवधिमा ठाडो उजुरी ५ सय ११ वटा परेको, क्रियाखर्च क्षतिपुर्ति १ सय ३ जनालाई उपलब्ध गराईएको तथा वृद्ध, महिला अपाङ्ग, ज्येष्ठ नागरिक एवं पीडित व्यक्तिहरुको हितमा मालपोत कार्यालयमा २५ वटा पत्राचार गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।
सोहि आ.व. मा विपद्बाट १ सय ३ जना पीडित भएका, ४ जनाको मृत्यु भएकोमा विपद् पीडितलाई आर्थिक सहायता र मृतक परिवारलाई क्षतिपूर्ति वापत रु ७ लाख ९७ हजार ५ सय प्रदान गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै स्थानीय प्रशासनतर्फ नाबालक परिचयपत्र २ सय ८८, आदिवासी जनजाति, मधेशी, दलित प्रमाणित १ हजार ५ सय ३५, पेन्सन सिफारिस÷व्यक्ति प्रमाणित २ हजार ४ सय ८०, घुम्ती शिविर २, पत्रपत्रिका दर्ता ९, छापाखाना दर्ता १, हातहतियार नविकरण १ सय ९८, हातहतियार नामसारी ३, बजार अनुगमन ७२ पटक र रुपन्देही जिल्ला अन्तर्गतका सरकारी कार्यालयहरुमा २१ हजार ६ सय २४ फलफूलको विरुवा रोपिएको कार्यक्रममा जानकारी गराईएको थियो ।
आर्थिक वर्ष २०७५÷७६ मा नयाँ संस्था दर्ताको संख्या १ सय ६६ र नविकरण संख्या ६ सय ६२ रहेको छ । त्यसै गरी २०७६ असार मसान्त सम्म संस्था दर्ता संख्या २ हजार ७ सय ७७ रहेको छ ।
आर्थिक प्रशासन तर्फ चालु खर्च रु २ करोड ३ लाख १ हजार १ सय ३३, पुजिंगत खर्च ९४ लाख ६८ हजार ७ सय ३३ तथा अर्थ बजेटतर्फ औषधी उपचार र विदा वापत रु २२ लाख ८२ हजार १ सय ८४ खर्च भएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा राजस्वतर्फ संस्था दर्ता र नविकरणबाट १० लाख २४ हजार ६ सय ५०, हातहतियार, पत्रपत्रिका र छापाखानाबाट २ लाख ९३ हजार ४ सय ९०, राहदानीबाट ३ करोड ६२ हजार ४० हजार, न्यायिक दण्ड जरिवानाबाट ६२ लाख ९५ हजार ९ सय ९० संकलन भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

≪ Previous Post

नविनमा औद्योगिक माविमा नव आगन्तुक विद्यार्थीहरुलाई अभिमुखिकरण

Next Post ≫

बिषालु च्याउ खाँदा रुपरन्देहीको रोहिणी र सम्मरीमाईमा १६ जना विरामी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क