चार करोड बढि राजश्व संकलन
संसार पोष्ट
भैरहवा, १० साउन । रुपन्देहीमा आर्थिक वर्ष २०७५÷७६ मा २६ हजार बढि नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहिबार आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै सो आर्थिक वर्षमा २६ हजार १ सय ८१ वटा नागरिकता वितरण गरिएको जानकारी गराएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वंशजका आधारमा १३ हजार ३८, वैवाहिक अंगिकृत २ हजार १ सय १५ र अंगिकृतका सन्तान ६२ जनालाई नागरिकता वितरण गरेको छ । कार्यालयका अनुसार वशंजको नागरिकता पाएकामध्ये १ हजार १ सय ५० जना जन्मका आधारमा नागरिकता पाएकाका सन्तान हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय मातहतमा रहेका इलाका प्रशासन कार्यालय बुटवलले आ.व. २०७५÷७६ मा वंशजका आधारमा ८ हजार ७ सय २५ र इलाका प्रशासन कार्यालय मझंगावाले २ हजार २ सय ४१ जनालाई नागरिकता वितरण गरेको छ । इलाका प्रशासन कार्यालय बुटवलबाट १०८ जना र इलाका प्रशासन कार्यालय मझंगावाबाट २ सय ४४ जना गरी ३५२ जना जन्मका आधारमा नागरिकता पाएकाका सन्तानले नागरिकता लिएका छन् ।
२०७६ असार मसान्त सम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ६ लाख ९९ हजार ८ सय ३४ जनालाई नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । उहांका अनुसार सो अवधिमा ४ हजार ६ सय १६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । यस्तै १८ जनाले नागरिकता परित्याग गरेका छन् भने ६ जनाको नागरिकता रद्ध गरिएको छ ।

सोही अवधिमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ हजार २९ वटा राहदानी सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । त्यस्तै १ हजार १ सय ३३ वटा राहदानी दु्रत सेवा सिफारिस र ६ हजार ९ सय ९९ वटा राहदानी वितरण गरिएको उहांले बताउनुभयो ।

आर्थिक वर्ष २०७५÷७६ मा ३ सय ९४ वटा मुद्दा दर्ता भएकोमा ३ सय १२ वटा फछ्र्यौट गरिएको छ भने ८२ वटा मुद्दा फछ्र्यौट हुन बांकी रहेको छ । यस्तै सो अवधिमा ठाडो उजुरी ५ सय ११ वटा परेको, क्रियाखर्च क्षतिपुर्ति १ सय ३ जनालाई उपलब्ध गराईएको तथा वृद्ध, महिला अपाङ्ग, ज्येष्ठ नागरिक एवं पीडित व्यक्तिहरुको हितमा मालपोत कार्यालयमा २५ वटा पत्राचार गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।
सोहि आ.व. मा विपद्बाट १ सय ३ जना पीडित भएका, ४ जनाको मृत्यु भएकोमा विपद् पीडितलाई आर्थिक सहायता र मृतक परिवारलाई क्षतिपूर्ति वापत रु ७ लाख ९७ हजार ५ सय प्रदान गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै स्थानीय प्रशासनतर्फ नाबालक परिचयपत्र २ सय ८८, आदिवासी जनजाति, मधेशी, दलित प्रमाणित १ हजार ५ सय ३५, पेन्सन सिफारिस÷व्यक्ति प्रमाणित २ हजार ४ सय ८०, घुम्ती शिविर २, पत्रपत्रिका दर्ता ९, छापाखाना दर्ता १, हातहतियार नविकरण १ सय ९८, हातहतियार नामसारी ३, बजार अनुगमन ७२ पटक र रुपन्देही जिल्ला अन्तर्गतका सरकारी कार्यालयहरुमा २१ हजार ६ सय २४ फलफूलको विरुवा रोपिएको कार्यक्रममा जानकारी गराईएको थियो ।
आर्थिक वर्ष २०७५÷७६ मा नयाँ संस्था दर्ताको संख्या १ सय ६६ र नविकरण संख्या ६ सय ६२ रहेको छ । त्यसै गरी २०७६ असार मसान्त सम्म संस्था दर्ता संख्या २ हजार ७ सय ७७ रहेको छ ।
आर्थिक प्रशासन तर्फ चालु खर्च रु २ करोड ३ लाख १ हजार १ सय ३३, पुजिंगत खर्च ९४ लाख ६८ हजार ७ सय ३३ तथा अर्थ बजेटतर्फ औषधी उपचार र विदा वापत रु २२ लाख ८२ हजार १ सय ८४ खर्च भएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा राजस्वतर्फ संस्था दर्ता र नविकरणबाट १० लाख २४ हजार ६ सय ५०, हातहतियार, पत्रपत्रिका र छापाखानाबाट २ लाख ९३ हजार ४ सय ९०, राहदानीबाट ३ करोड ६२ हजार ४० हजार, न्यायिक दण्ड जरिवानाबाट ६२ लाख ९५ हजार ९ सय ९० संकलन भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।