Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ नविनमा औद्योगिक माविमा नव आगन्तुक विद्यार्थीहरुलाई अभिमुखिकरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नविनमा औद्योगिक माविमा नव आगन्तुक विद्यार्थीहरुलाई अभिमुखिकरण

संसारपोस्ट संवाददाता · १० श्रावण २०७६ · 0
नविनमा औद्योगिक माविमा नव आगन्तुक विद्यार्थीहरुलाई अभिमुखिकरण
70
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १० साउन । नवीन औद्योगिक कद्दर बहादुर रीता मावि देवीनगर बुटवलमा नव आगन्तुक विद्यार्थीहरुलाई शुक्रबार अभिमुखिकरण गरिएको छ । विद्यार्थीहरुलाई उत्प्रेरक दीपक ढकालले योजना र उत्प्रेरणात्मक प्रस्तुति संगै समसामयिक विषयमा सहजिकरण गर्नुभएको थियो । यस्तै व्यस्थापन संकाय इन्चार्ज अर्जुन खनाल, सिभिल इन्जिनियरिङ इन्चार्ज भिमराज खनाल, विज्ञान संकाय इन्चार्ज लक्ष्मी नारायण चौधरी र कम्पुटर शिक्षक राकेश अग्रहरीले अन्यष् विविध बिषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश ५ कि प्रदेश सभा सदस्य थान कुमारी थापाले पछिल्लो समयमा विद्यार्थीहरुमा उच्च शिक्षा हासिल गर्ने र विदेश जाने मोह बढेको भन्दै त्यो मोहलाई त्यागेर विदेश पलायन नभई देश विकासमा लाग्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो । शिक्षक अभिभावक संघका अध्यक्ष मदन विष्टले विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनका लागि योग्य जनशक्ति ब्यवस्थापन गरेकोले यो अवसरलाई सदुपयोग गरेर अगाडी बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयमा यसै शैक्षिक सत्रदेखि विज्ञान संकाय संचालन गर्नुका साथै बुटवल उपमहानगरपालिका र विद्यालयको लगानीमा आधुनिक विज्ञान प्रयोगशाला निर्माण, प्रदेश सरकारको सहयोगमा सिभिल इन्जिनिरिङ अत्याधुनिक प्रयोगशालाका सामग्री खरिद र आइसिटी मार्फत अध्यापन गर्न कम्प्युटर तथा ल्यापटप ब्यवस्थापन गरिएको बताउनु भयो । यस्तै कक्षा ११ मा विज्ञान संकायमा २ वटा, व्यवस्थापनमा ४ वटा, सिभिल इन्जिनियरिङमा १ वटा सेक्सन संचालन गरिएको र हाल विद्यालयमा करिव दुई हजार विद्यार्थी अध्ययनरत रहेका उहांले जानकारी गराउनु भयो ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेलको सभापतित्व र शिक्षक लोकप्रसाद खरेलको संचालनमा भएको कार्यक्रममा अंग्रेजी शिक्षक दीपक ज्ञवाली, नव आगन्तुक विद्यार्थी आयुषा ज्ञवाली, रोहन नेपाल, मधुसुधन नेपाल, आयुषा खनाल, आर्दश सुवेदी, उज्वल घिमिरे, श्रृष्टि विक लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश

Next Post ≫

रुपन्देहीमा २६ हजार नागरिकता र ६ हजार बढि राहदानी वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क